एमाले नेता भट्टराई मतगणना स्थल पुगे मतगणना स्थलमा झडप



 

सैघाली खबर
रौतहट ३ असोज
वृन्दावन नगरपालिकाको मतगणना स्थलमा झडप भएको छ । स्थिति अहिले पनि तनावग्रस्त छ र मत गणना स्थगित भएको छ । 

एमाले सांसद रामकुमार भट्टराई मत गणना स्थलमा पुगेपछि अन्य दलले विरोध गरेका थिए ।

धाँदली गर्न आएको भन्दै अन्य दलले नाराबाजी गरेपछि झडप भएको थियो । झडपमा परी एक जना गम्भीर घाइते भएका छन् ।

 

मतगणनास्थलको अवस्था तनावग्रस्त र मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत लक्ष्मण उपाध्याय घिमिरेले जानकारी दिए ।

साभार ः अनलाईन खबर

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्