लक्ष्मण बस्नेत
दाङ ३ , असोज
दाङको तुलसीपुरमा संचालित खुला भलिबल प्रतियोगिताको उपाधी बहादुर गोर्खाली ट्रेनिङ सेन्टर तुलसीपुरले हात पारेको छ ।
संगठित युवा क्लब तुलसीपुरको आयोजनामा संचालित प्रतियोगिताको आज मंगलबार सम्पन्न फाइनल खेलमा दिपशान्ति प्राविधीक शिक्षालय तुलसीपुरलाई २५–२३, २५–१९ र २५–१६ को सोझो सेटमा पराजीत गर्दै बहादुर गोर्खालीले उपाधी चुमेको हो ।
उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको खेलमैदानमा भएको रोमाञ्चक अनि कडा प्रतिस्पर्धात्मक खेलमा बहादुर गोर्खालीका टिम क्याप्टेन जर्सी नं ५ डाइमण्ड खड्काको क्याप्टेन्सीप र मुख्य स्पाइकर जर्सी नं १ सिशिर महर्जनको उत्कृष्ट प्रर्दशनका अगाडी दिपशन्ति टिक्न सकेन । खेल वेस्टअप फाइवमा खेलाईएको थियो ।
खुला भलिबलको शानदार उपाधी उचालेको बहादुर गोर्खालीले नगद ३० हजार पुरस्कार राशि हात पार्न सफल भयो भने फाइनलमा पराजीत दिपशान्ति उपविजेतामै चित्त बुझाउदै नगद २० हजार पुरस्कार राशि हात पा¥यो । फाइनल खेलमा उत्कृट खेल प्रर्दशन गर्ने बहादुर गोर्खालीका सिशिर महर्जन उत्कृष्ट खेलाडी घोषित भए ।
त्यस्तै प्रतियोगितामा एपीएफको महेश्वरी बाहिनी सुर्खेत तृतिय हुदै १० हजार पुरस्कार राशि हात पार्न सफल भयो । तिन दिन सम्म चलेको प्रतियोगितामा दाङ लगाएत विभिन्न जिल्लाका गरी १६ टिमको सहभागिता रहेको थियो ।
यसैविच प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै तुलसीपुर नगरविकास समितिका अध्यक्ष यज्ञ बहादुर केसीले तुलसीपुरको मुटुमा रहेको एक मात्र अरनीको खेलमैदानलाई मिनी स्टेडियमको रुपमा विकास गर्ने बताउनु भएको छ ।
भर्खरै मात्र स्टेडियम निर्माणका लागि विज्ञहरुको टिमले नक्सांकन गरेको बताउदै उहाँले हाल स्टेडियमको स्वरुप र लागत स्टीमेट तयार गर्ने कार्य भैरहेको बताउनु भयो ।
दाङको पश्चिम क्षेत्रबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी जन्माइसकेको खेल मैदानले अब निकट भविश्यमै स्टेडियमको रुपधारण गर्ने समेत बताउनु भयो । क्लबका अध्यक्ष चन्द्रविर वलीको अध्यक्षतामा भएको कार्यक्रममा शसस्त्र प्रहरी कारागार वेस क्याम्पका प्रमुख देव वहादुर चन्द, तुलसीपुर उद्योगवाणिज्य संघका उपाध्यक्ष रामप्रसाद चालिसे, खेलप्रेमी बालकृष्ण श्रेष्ठ लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन यज्ञ कनौमगरले गर्नु भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।