सैघाली खबर
वीरगञ्ज ३ असोज
वीरगञ्ज । प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा एकसय मत गणना गर्दा १७ मत बदर भएको छ ।
यही गतिमा मत बदर भएमा बदरमतको संख्या १७ प्रतिशत पुग्ने संकेत देखिएको छ ।
तेस्रो चरणको निर्वाचनको सबैभन्दा बढी चासो रहेको वीरगञ्जमा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ भने दोस्रो स्थानमा राजपाका उम्मदेवार देखा परेका छन् ।
मेयर पदको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले २७ मते ल्याचएका छन्। भने उपमेयरमा कांग्रेस उम्मदेवारले ३० मत पाएकी छिन् ।
मेयरमा राजपा उम्मेदवारले २७ र उपमेयरले २७ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेका संघीय फोरमका उम्मेदवारले मेयरमा २१ र उपमेयरमा १९ मत पाएका छन् ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।