नारायणपुर उवासंघमा सपथ ग्रहण



सैघाली खबर,
नारायणपुर, ४ असोज ।
नारायणपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी एव सदस्यहरुले सपथ ग्रहण गरेका छन् । भदौ ३१ गतेको निर्वाचनबाट विजयी अध्यक्ष सहित पदाधिकारी एवं सदस्यहरुले सपथ ग्रहण गरेका हुन् ।

निर्वाचन समितिले  एक कार्यक्रमको आयोजना गरि सपथ ग्रहण सहित प्रमाणपत्र प्रदान गरेको छ । निर्वाचन संयोजक प्रविण लम्सालको अध्यक्षता एवं नेपाल उद्योगा वाणिज्य महासंघका केन्द्रिय सदस्य धुव्रराज श्रेष्ठ(भारी)को प्रमुख आतिथ्य एवं घोराही उमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष चित्रबहादुर डाँगी (निर्मल) र दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको थियो ।

त्यस अवसरमा निर्वाचन संयोजक लम्सालले नवनिर्वाचित अध्यक्ष महेन्द्रकुमार दाहाललाई र दाहालले पदाधिकारी एवं सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो ।

कार्यक्रममा बोल्दै नवनिर्वाचीत अध्यक्ष दाहालले यस क्षेत्रका व्यवसायीहरुको हक हित र स्थानिय विकासलाई प्राथमिकता दिएर काम गर्ने बताउनुभयो । साथै उहाँले सम्पूर्ण व्यवसायीहरुलाई एक बनाएर व्यवसायिक हितका साथै व्यवसायीहरुको क्षमता विकास लगायत व्यवसायिक अभिवृद्धिका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष गोपालप्रसाद लम्साल, संस्थापक अध्यक्ष बलदेव शर्मा, नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष कुलप्रसाद रजौरे(श्रवण), व्यवसायी उत्तमकुमार खनाल, विजौरी उद्योग वणिज्इ संघका अध्यक्ष मुकेश वली, राष्ट्रिय जनमोर्चाका चन्द्रबहादुर रावत, वाणिज्य बैंक नारायणपुरका प्रमुख हेमबहादुर खड्का लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
निर्वाचन समितिका सदस्य हेमशंकर गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण अर्का सदस्य श्रीराज आचार्यले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्