सैघाली खबर,
रौतहट ४ असोज, । गौर नगरपालिकाको वडा नम्बर २ मा राजपाको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा राकेशकुमार झा विजयी भएका हुन् ।
यो वडा एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घर भएको वडा हो ।
गौरको वडा नम्बर १ मा भने फोरम लोकतान्त्रिकका भरत सहको प्यानल नै विजयी भएको छ ।
मेयरमा भने एमालेको अग्रता कायमै छ । एमालेले १२१४ मत पाउँदा राजपा उम्मेदवारले १०४२ र संघीय फोरमका उम्मेदवारले १२२ मत पाएका छन् ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।