ट्याक्सी दुर्घटनामा बालिकाको मृत्यु



सैघाली खबर,
दाङ, ४ असोज– ।ब्रेक फेल भइ ट्याक्सी दुर्घटनामा हुँदा दाङको गढवामा एक बालिकाको ज्यान गएको छ । दुर्घटनामा गढवा गाउँपालिका–६ खवरीकी ६ वर्षिया लक्ष्मी सार्कीको ज्यान गएकोे ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

गढवाबाट खवरीका लागि छुटेको रा १ ज ३३ नम्बरको ट्याक्सी खवरी खोला नजिक रहेको वेदीमा दुर्घटना भएको हो । बालिकाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्