समाचार

ट्याक्सी दुर्घटनामा बालिकाको मृत्यु

By थाहा अनलाइन

September 20, 2017

सैघाली खबर, दाङ, ४ असोज– ।ब्रेक फेल भइ ट्याक्सी दुर्घटनामा हुँदा दाङको गढवामा एक बालिकाको ज्यान गएको छ । दुर्घटनामा गढवा गाउँपालिका–६ खवरीकी ६ वर्षिया लक्ष्मी सार्कीको ज्यान गएकोे ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

गढवाबाट खवरीका लागि छुटेको रा १ ज ३३ नम्बरको ट्याक्सी खवरी खोला नजिक रहेको वेदीमा दुर्घटना भएको हो । बालिकाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।