धनुषामा कांग्रेस र फोरमको प्रतिस्पर्धा



सैघाली खबर,
धनुषा, ४ असोज ।– धनुषाको १८ वटा स्थानीय तहमध्ये अहिलेसम्म प्राप्त मतपरिणाम अनुसार नेपाली कांग्रेस र संघीय समाजवादी फोरमले पाँच–पाँच स्थानमा अग्रता लिइरहेको छ । त्यस्तै नेकपा एमाले ४ , नेकपा माओवादी केन्द्र र राजपा नेपालले २–२ स्थानीय तहमा अग्रता लिइरहेका छन् ।
त्यस्तै कांग्रेस १८ वटा तहमध्ये ८ वटा तहमा दोश्रोमा पछ्याइरहेको छ भने ५ तहमा एमाले , ३ तहमा माओवादी र २ तहमा संघीय फोरमले प्रतिस्पर्धा गरिरहेको छ ।
को कहाँ अगाडि रु
जनकपुर उपमहानगरपालिका – राजपा
धनौजी गाउँपालिका – राजपा
धनुषाधाम नगरपालिका – कांग्रेस
मिथिला विहारी नगरपालिका – कांग्रेस
हंशपुर नगरपालिका – कांग्रेस
औरही गाउँपालिका – कांग्रेस
बटेश्वर गाउँपालिका – कांग्रेस
क्षिरेश्वरनाथ नगरपालिका – संघीय समाजवादी फोरम
लक्ष्मीनिया गाउँपालिका – संघीय समाजवादी फोरम
जनकनन्दनी गाउँपालिका – संघीय समाजवादी फोरम
सहिद नगरपालिका – संघीय समाजवादी फोरम
कमलामाई नगरपालिका – संघीय समाजवादी फोरम
मिथिला नगरपालिका – एमाले
नगराईन नगरपालिका – एमाले
मुखियापट्टी मुसहरनिया गाउँपालिका – एमाले
विदेह नगरपालिका – एमाले
सबैला नगरपालिका – माओवादी
गणेशमान चारनाथ नगरपालिका – माओवादी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्