मुख्य समाचार

धनुषामा कांग्रेस र फोरमको प्रतिस्पर्धा

By थाहा अनलाइन

September 20, 2017

सैघाली खबर, धनुषा, ४ असोज ।– धनुषाको १८ वटा स्थानीय तहमध्ये अहिलेसम्म प्राप्त मतपरिणाम अनुसार नेपाली कांग्रेस र संघीय समाजवादी फोरमले पाँच–पाँच स्थानमा अग्रता लिइरहेको छ । त्यस्तै नेकपा एमाले ४ , नेकपा माओवादी केन्द्र र राजपा नेपालले २–२ स्थानीय तहमा अग्रता लिइरहेका छन् । त्यस्तै कांग्रेस १८ वटा तहमध्ये ८ वटा तहमा दोश्रोमा पछ्याइरहेको छ भने ५ तहमा एमाले , ३ तहमा माओवादी र २ तहमा संघीय फोरमले प्रतिस्पर्धा गरिरहेको छ । को कहाँ अगाडि रु जनकपुर उपमहानगरपालिका – राजपा धनौजी गाउँपालिका – राजपा धनुषाधाम नगरपालिका – कांग्रेस मिथिला विहारी नगरपालिका – कांग्रेस हंशपुर नगरपालिका – कांग्रेस औरही गाउँपालिका – कांग्रेस बटेश्वर गाउँपालिका – कांग्रेस क्षिरेश्वरनाथ नगरपालिका – संघीय समाजवादी फोरम लक्ष्मीनिया गाउँपालिका – संघीय समाजवादी फोरम जनकनन्दनी गाउँपालिका – संघीय समाजवादी फोरम सहिद नगरपालिका – संघीय समाजवादी फोरम कमलामाई नगरपालिका – संघीय समाजवादी फोरम मिथिला नगरपालिका – एमाले नगराईन नगरपालिका – एमाले मुखियापट्टी मुसहरनिया गाउँपालिका – एमाले विदेह नगरपालिका – एमाले सबैला नगरपालिका – माओवादी गणेशमान चारनाथ नगरपालिका – माओवादी