सैघाली खबर
काठमाडौँ, ४ असोज । व्यवस्थापिका–संसद्, विकास समितिको बैठकले समितिको वार्षिक प्रतिवेदन तयार गर्न समितिको सचिवालयलाई निर्देशन दिएको छ ।
समितिको आजको बैठकले १० दिनभित्र प्रतिवेदन तयार गर्न सचिवालयलाई निर्देशन दिइएको समितिका सभापति रवीन्द्र अधिकारीले जानकारी दिनुभयो ।
प्रतिवेदन तयार गर्न सचिवालयलाई आवश्यक राय, सुझाव दिन समितिका सदस्यलाई आग्रहसमेत गरिएको उहाँले जानकारी दिनुभयो । समितिले आफूले सम्पादन गरेका कामलाई प्रतिवेदनमा समेटी सदनमा सभापतिमार्फत पेश गर्ने परम्परा रहिआएको छ ।
समितिअन्तर्गत सूचना तथा सञ्चार, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय रहेका छन् ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।