समाचार

प्रतिवेदन तयार गर्न निर्देशन

By थाहा अनलाइन

September 20, 2017

सैघाली खबर काठमाडौँ, ४ असोज । व्यवस्थापिका–संसद्, विकास समितिको बैठकले समितिको वार्षिक प्रतिवेदन तयार गर्न समितिको सचिवालयलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले १० दिनभित्र प्रतिवेदन तयार गर्न सचिवालयलाई निर्देशन दिइएको समितिका सभापति रवीन्द्र अधिकारीले जानकारी दिनुभयो ।

प्रतिवेदन तयार गर्न सचिवालयलाई आवश्यक राय, सुझाव दिन समितिका सदस्यलाई आग्रहसमेत गरिएको उहाँले जानकारी दिनुभयो । समितिले आफूले सम्पादन गरेका कामलाई प्रतिवेदनमा समेटी सदनमा सभापतिमार्फत पेश गर्ने परम्परा रहिआएको छ ।

समितिअन्तर्गत सूचना तथा सञ्चार, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय रहेका छन् ।