नेपालमा आज कति कोरोना संक्रमित थपिए ?



काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ३४ हजार सात सय ५६ पुगेको छ। मङ्गलबार थप एक हजार तीन सय चार जनामा सङ्क्रमण पुष्टि छ।

आठ हजार पाँच सय ८३ जनाको नमुना परीक्षण गर्दा एक हजार तीन सय चार जनामा सङ्क्रमण देखिएको हो। त्यस्तै गएको २४ घण्टामा दुई हजार ७३ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या दुई लाख १६ हजार पाँच सय ९४ पुगेको छ।

अब नेपालमा १६ हजार ६ सय ३३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन्। यस्तै ६ सय १६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ। २४ घण्टामा थप २१ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार पाँच सय २९ पुगेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्