मना सार्कीको हत्यारालाई कारवाहीको मागगर्दै देशभर आन्दोलनको घोषणा – जिल्ला प्रशासन कार्यालय दाङ मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाईयो



 

दाङ २८ जेठ । कालीकोटकी मना सार्कीको हत्यारालाई हदैसम्मको कारवाहीका लागि देशब्यापी आन्दोलनको घोषणा गरिएको छ । फलस्वरुप आज सोमबार देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रिलाई ज्ञापन पत्र बुझाईएको छ । दाङमा पनि विभिन्न दलित संघ संगठनको नेत्रित्वमा प्रमुख जिल्ला अधिकारी गजेन्द«बहादुर श्रेष्ठ मार्फत गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाईएको छ ।

नेपाल उत्पिडीत जातीय मुक्ति समाज दाङका अध्यक्ष टंक सुनार,नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चाका अध्यक्ष जगत दलामी, नेपाल दलितमोर्चा पन्चराम नेपाली, समता समाजका दुर्गा तिरुवाले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र पेस गर्नु भएको हो ।गत जेठ १९ गते राती स्थानिय गैरदलितको कुटाईबाट वडा सदस्य सार्कीको मृत्यु भएको थियो ।आफ्नै खेतवारी बाट तरकारी लिएर पानीको धारामा पखाल्दै गरेको अवस्थामा नजिकै छिमेकी कम्मर शाहीका छोरीहरु राजिन्द्रा शाही र श्रृजना ले धाराको पानी छोएको निहुँमा ढुंगा र पैयुंको लौरोेले टाउकोमा निर्मम ढङ्गले हिर्काएर हत्या गरिएका थिए ।

वडा सदस्य सार्कीको आक्रमण गरि हत्या गरेको घट्नाको सबै तिर्ब विरोध र घटनाका दोसीलाई तत्काल कारवाही गर्नुपर्ने दवाव दिनु भएको थियो । त्यस अबसरमा मुक्तिसमाजका केन्द्रिय सदस्य देवराज विश्वकार्म,पत्रकार महासंघ दाङका सदस्य जनक नेपाली, दलित अगुवा निर्मला विक,घटनाको बिरोध गर्दै काठमाण्डौमा एक दलित तथा अधिकारककर्मी गृह मन्त्री राम बहादुर थापा बादललाई भेटी ज्ञापनपत्र बुझाए लगत्तै गृहमन्त्री वादलले कालिकोट जिल्ला प्रहरी कार्यालयलाईृ निर्देशन दिएपछि जेठ २२ गतेनै कालीकोट जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता भएको थियो। मना सार्की स्थानिय निर्वाचनमा कालीकोट नरहरिनाथ गाँउपालीका ९ वडाबाट सदस्य पदमा निर्वाचित हुनु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्