महिला हिंसा न्यूनिकरण सम्बन्न्धी तिज मिलन कार्यक्रम



सैघाली खबर,
तुलसीपुर, ३ भदौ।
तुलसीपुर नगरजेसीजको आयोजनामा महिला हिंसा न्यूनिकरण सम्बन्न्धी तिज मिलन कार्यक्रम आाज तुलसीपुरमा सम्पन्न भएको छ ।
तुलसीपुर नगरजेसीजका बिमल पौडेलको अध्यक्षता एवंम तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर माया आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा नगरजेसीजका पूर्व अध्यक्ष झरेन्द्र खरेल, दलित अधिकार कर्मी निर्मल नेपाली, नेपाली कांगे्रसकी महिला नेत्री सुस्मा गिरी, जनअधिकार कर्मी निर्मला वि सी,यमुना शाह लगायतले बोल्नु भएको थियो ।
कार्यक्रम संयोजक समीर न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जेसिजका महासचिव दिपेश भण्डारीले गर्नुभएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्