प्रमुख दलहरु २ नम्बर प्रदेशमा केन्द्रित, प्रधानमन्त्री पनि जाँदै



 

सैघाली खबर
काठमाडौं, २७ भाद्र

स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि प्रमुख दलका शीर्ष नेताहरु मधेस झर्दैछन् । कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्रसहित सबै राजनीतिक दलका नेताहरु दुई नम्बर प्रदेशमै चुनावी कार्यक्रममा व्यस्त छन् । असोज २ मा हुने दुई नम्बर प्रदेशका एकसय ३६ स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन शीर्षसहित धेरै जसो केन्द्रीय नेता घरदैलोमै पुगिरहेका पनि छन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा आज दुई नम्बर प्रदेश जाँदै हुनुहुन्छ । भदौ ३० गतेसम्म तराईमै बस्ने प्रधानमन्त्री देउवाले दुई नम्बर प्रदेशका आठ वटै जिल्लामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। देउवासँगै बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पनि मधेस जान लागेको कांग्रेसले जनाएको छ ।

 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु पनि दुई नम्बर प्रदेशमै चुनावी अभियानमा छन् । अध्यक्ष केपी शर्मा ओली पनि मधेस जाने तयारीमा हुनुहुन्छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता रामबहादुर थापा बादललगायतका नेताहरु पनि दुई नम्बर प्रदेशमै व्यस्त छन् । राजपा नेपालका अध्यक्ष मण्डलका सबै सदस्यहरु पनि दुई नम्बर प्रदेशमा चुनाव प्रचार प्रसारमै रहेको राजपाले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्