नुवाकोट घर भई हाल काठमाडौंको माउन्टेन टिभीमा कार्यरत पत्रकार सालिग्राम पुडासैनीको मृत्यु प्रकरणमा छानविन गर्नै पारीवारीक स्रोतले माग गरेको छ।
चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी शव फेला परेकोे थियो। उनका साइला दाई हरीप्रशाद पुडासैनीले मृत्यु शकाँसपद र योजनाबद्ध तरीकाले भएकाले सत्यतथ्य छानविन गर्नै माग गरेका छन।
खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र ढोका नखोलेपछि राति १० बजे प्रहरीलाई खबर गरिएको थियो । प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले बताएको थियो।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।