आफन्त नेपालको कर्मचारीलाई अङ्गालो हालेर उनी निकै रोईन



कपिलवस्तु, फाल्गुन १६

 

आफन्त नेपालको कर्मचारीलाई अङ्गालो हालेर उनी निकै रोई ।
१७ बर्ष कि सीता नाम परिबर्तनको सानै उमेरमा उनको आमा बितिन, बुबाले अर्को बिहे गरे उनी बाबू आमा बाट सानै देखि टुहुरिन पर्यो । उनको बाल्य अवस्था निकै दयानिया र विभिन्न अभावमा बित्यो । बाबू आमा पछाडी उनीको सहारा हजुरबुबा र हजुर आमा थिए । हजुर बुबा हजुर आमाको रेख देखमा हुर्किदै गइन ।

आमाको माया र बुबाको माया बाट टाढिएको उनको बाल्यकाल निकै दुखका साथ बित्यो । उनले हजुर बुबा हजुर आमा कै सहायता ले जसोतसो १० कक्षा सम्म अध्ययन गरिन र उनको पढाइ अगाडी बढन सकेन ।
उनका मनमा अनेकौं कुरा खेल्न थाल्यो संगै पढेका साथीहरु कलेज जान थाले उनको दैनिकी फेरियो, कलेज जानुको साटाे मजदुरी काममा जान बाध्य हुन थालिन, हजुर बुबा हजुआमाको पनि सहारा कोही थिएन ।

बिस्तारै केही जागिर पाईन्छ कि भनेर उनी कामको खोजीमा निकै भौतारिन सोही दुख लाई साथ दिने भनेर काठमाडौंको एउटा घरमा काम पाईन र उनी त्यही बाट कमाएर हजुर बुबा हजुर आमालाई पनि सहायता गर्ने र आफ्नो दैनिकी पनि चल्न्ने भन्ने ठुलो सोच लिएर गइन ।
उनले घरायसी काम पाईन उनी खुसी हुँदै गइन एउटा साहारा दिने मान्छे भेटे भन्ने उनलाई लाग्यो । उनीले पनि त्यत्तिकै माया पाईरहेकी थिईन । उनी जुन घरमा काम गर्ने गर्थिन उनलाई त्यो घरको निकै बिस्वास थियो आसा थियो, भरोसा थीयो र उनी आनन्दीत पनि थिईन ।तर उनको आनन्द केही दिनमा नै सकियो, भरोसा लड्याे बिश्वास टुट्याे उनी घर साउ बाट शारीरिक शोषण मा पर्नु पर्यो । उनको रुवाई, उनको पिडा सुनाउने कहि थिएन भन्न सक्ने सहास कहि थिएन उनी निरन्तर शोषित हुँदै गइन ।

यति मात्र होइन उनिलाई काठमाडौं कै एउटा स्पामा ग्राहक सङ्ग रहने गरि अनैतिक कार्य गराउन समेत बाध्य बनाईएको रहेछ। उनी यो पिडा बाट निकै निसास्सिदै गइन । उनी लगायत अरुलाई पनि त्यस्ता गलत कार्यमा लगाउने र आफू पनि सोसित गर्ने कुरा किशोरीले बताईन ।
आत्मा हत्या समेत गर्ने मनस्थिति बनाएकी उनको जिबनमा नेपाल प्रहरी भगवान बनेर आएको उनी बताउछिन र हामी लाई त्यो नरकिय जीवन बाट उद्धार गरि दोषीलाई कानुनी कठघरामा उभ्याउनुभयो उनीहरुलाई मानव बेचबिखनको मुद्दा चलेको छ किशोरीले बताईन ।
किशोरी त्यो नरकिय जीवन बाट घर आईन केही दिन बसिन तर उनलाई सहज थिएन, घरमा अभाव उनको मनमा अनेकौं कुरा खेल्न थाल्यो र उनी भारत जाने योजना बनाईन ।
चिनेको छैन जानेको छैन, भारत जादा फेरि त्यस्तै हुने हो कि भन्ने मनमा अनेकौं कुराहरु खेलाउदै जादा कृष्णनगर बोर्डरमा आफन्त नेपालले निगरानी गर्ने क्रममा उनिमा आँखा पुग्यो र सबै बृत्तान्त बाहिरियो ।
उनी सुरक्षित ठांउ पाए नेपालमा नै केही गर्छु भने पछि आफन्त नेपालले उनिलाई सीप सिक्न आग्रह गर्यो र उनी निकै खुसी भइन । उनीले रुदै भनिन सायद यो मौका पहिले नै पाउथे भने म त्यो अबस्थामा पुग्ने थिइन होला । उनी निकै खुसी साथ अहिले पार्लर र सैलुन सिक्ने निर्णय गरेकी छन ।
आफन्त नेपालले यस्तै जोखिम परेका तथा पर्न सक्ने महिला तथा किशोरीहरुको जीवन रुपान्तरणमा खेल्दै आएको महत्त्वपूर्ण भुमिका निकै सराहनीय रहेको छ । यस संस्थाको सरक्षणमा सीप सिकि धेरै महिला तथा किशोरीहरु आफै सक्षम भएर काम गरिरहेका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्