यिनै हुन् प्रचण्डलाई थप्पड हान्ने पदम कुँवर र जुत्ता हान्ने रतन तिरुवा (भिडियाे)



जुम्लाको सिञ्जा गाउँपालिका २ घोडेंगाका २२ वर्षीय युवक रतन तिरूवाले आइतबार दिउँसो नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभामा जुत्ता प्रहार गरेका हुन् यद्यपि उनलाई लागेन । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो । तर जुत्ता मञ्चसम्म आइपुगेन ।

जुत्ता प्रहार गर्ने २२ वर्षीय युबक पूर्व लडाकु हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । रतनका बुवा तत्कालीन माओवादीमा लागेका कारण ज्यान गुमाएका थिए जुत्ता प्रहार गर्ने रतनलाइ सुरक्षाकर्मीले नियन्‍त्रणमा लिएको छ ।

यसअघि प्रचण्डलाई बाग्लुङका पदम कुँवरले २०६९ मंसिरमा थप्पड हानेका छन् । माओवादीले आयोजना गरेको चीयापान कार्यक्रममा कुँवरले प्रचण्डलाई थप्पड हानेपछि उनलाई नियन्त्रणमा लिइएको थियो । त्यसपछि कुँवर चर्चामा आएका थिए ।

नेताहरु सुविधाभोगी भएको भन्दै पूर्व लडाकुहरु असन्तुष्ट हुँदै आएका छन् । यसअघि पनि दाहालमाथि विभिन्न कार्यक्रममा जुत्ता चप्पल प्रहार हुँदै आएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्