ईदमा शुभकामनाको धुन राखेको टेलिकम प्रति मौलाना मशहूदले गरे आभार व्यक्त



कपिलवस्तुको । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली तथा राष्ट्रिय मदरसा सङ्घ नेपालका राष्ट्रिय अध्यक्ष डा. अब्दुल गनि अल्कूफी लेस्लाम धर्मावलम्वीहरुको ठुलो पर्व ईद (इद–उल–फित्र) को अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गर्दै शुभकामना दिएका छन् ।

शुभकामना सन्देश दिँदै खांले नेपाल बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक र बहु धार्मिक देश भएको भन्दै विविधता हाम्रो आकर्षण र विविधता भित्रको एकता नै नेपालको पहिचान भएको बताए ।
बहु धर्म र बहुसँस्कृतिले हाम्रो समाजलाई पारस्परिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् । लामो सङ्घर्षपछि हामीले संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने महत्त्वपूर्ण उपलब्धि हासिल गर्नुका साथै समाजका विविध क्षेत्रमा उठेका मागहरूको सम्बोधन तथा नयाँपनलाई समेत अवलम्बन गर्ने आधार निर्माण संविधानले गरेको छ ।

स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बी लगायत सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना मौलानाले व्यक्त गर्दै सो दिन सरकारले सार्वजनिक बिदा दिएर मुस्लिम समुदाय प्रति सम्मान समेत गरेको बताएका छन्।

डा. अब्दुल गनि अल्कूफीले बताएकी केही मुस्लिमले ‘इदउलफित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भई दुई रिकात नमाज पढेर सम्पन्न गर्छन् ।

नमाज पूरा गरेपछि एक अर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा विभिन्न परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दु पात्रोको अनुसार नवौँ महिना हो ।

यो पर्वको ७० औँ दिनमा बकरिद अर्थात् ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरू ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्दछन्। साथै मौलाना मशहूदले नेपाल टेलिकम तथा एनसेलले इदको शुभकामनाको धुन राखेको प्रति आभार व्यक्त गर्दे नेपाल सरकारले ईदको दिन सार्वजनिक बिदा दिएको प्रति खुसी व्यक्त गरे।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्