नातिसगैं हजुरबुवाको हत्या गर्ने २ जना पक्राउ



पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा हजुरबुवा र नातिको धारिलो हतियार प्रयोग गरी हत्या गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुस्ता गाउँपालिका वडा नं ३ मर्चहवा बस्ने २९ वर्षीय अजय धरिकार र सोही ठाउँ बस्ने २० वर्षीय चन्दन हरिजन रहेको प्रहरीले जनाएको छ छ ।

फागुन १ गते सुस्ता गाउँपालिका वडा नं ३ मर्चहवा स्थितमा अक्षयलाल चमार र निजको नाति गौचरण चमारको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । हत्या भएको हजुर बुवा र नातिको चमारको शरीरमा विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको घाउहरू भएको दुवै जनाको शव मृत अवस्थामा भेटिएपछि उक्त घटना स्थलमा बायाँ हातमा लगाउने हाफ पन्जा फेला परेको र अनुसन्धानका क्रममा तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको थियो ।

घटनाको ३ दिनपछि केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को प्रहरी टोलीले गरेको अनुसन्धानको क्रममा निजहरूको संलग्नता देखिएको हो । अभियुक्त दुवै जनालाई शनिवार पक्राउ गरी इलाका प्रहरी कार्यालय बेलाटारी मार्फत जिल्ला अदालत परासीबाट ज्यान सम्बन्धी कसुर मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्