मोज गर्दा शरीर चल्ने स्विकार्न पानी नचल्ने?



थाहा अनलाइन , काठमाडौ

जातीयताका कुरा गर्दा अहिले पनि कहाँ छुवाछूत छ र ? कहाँ विभेद छ र ? हटिसक्यो भनेर अन्य समुदायले हल्का रूपमा बोल्छन् ।

हामीलाई रहर होईन दलित बन्न र भन्न अनि हामीलाई रहर होईन तर समाजले हामीलाई बाध्य बनायो ।
नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको २०६३ साल जेष्ठ २१ , जातीय भेदभाव तथा छुवाछूत ( कसूर र सजाय ) ऎन, २०६८ लागू २०६८ सालमा भयो , नेपालको संविधान जारी भएको २०७२ असोज ३मा , खै यतिका बर्ष बित्यो तर पनि नेपालको एक चौथाइ जनसंख्या ओगटेको सीप र श्रमका ईमानदार समुदाय सदियौं देखी बिश्व मै नभएको एउटा मानिसले छुदा अछुत हुने प्रथा जातीय छुवाछूत जस्तो अमानवीय व्यबहारको शिकार आजसम्म पनि भैरहनु परेको तितो यथार्थ र भोगाई छन् यी समुदायसंग ।
राजनीतिक पार्टी फेरियो , सरकार फेरियो , सत्ता फेरियो , नेता फेरिए ,कानुन फेरिए तर दलित समुदाय माथी गरिने व्यबहार र मानसिकता भने फेरिन सकेन ।
चाहे त्यो उच्च निकाय होस् या समाजको सतही ठाउँ होस् दलित समुदाय माथी गरिने व्यबहार र सोच भने कहिँ न कहिँ अवशेषहरु जरा गाडेर बसेकै छन् ।
हामी मानव एउटा सामाजिक प्राणी हो , समाजमा स्वतन्त्रता , आत्मसम्मान र मौलिक अधिकार हरेक मानिसको नैर्सर्गिक अधिकार हो ।
तर दलित समुदायले आफ्नो यो अधिकारको प्रयोग र अनुभुति गर्न पाएनन् ।

प्रेम अनि बिवाहा यो ब्यक्तिको इच्छा , स्वतन्त्रताको कुरा हो । भनिन्छ प्रेम बिना जीवन नै अपुरो हुन्छ दुई आत्माको मिलन अनि प्रेम र प्रेमलाइ जिबन्त र पुर्णतया दिने बिवाहा हो । तर यो प्रेम र बिवाहा हाम्रो समाजमा जातसंग जोडेर हेरिन्छ । समाजमा धेरै अन्तरजातीय प्रेम र बिवाहाले दलित महिलाहरु मारिएका छन् र मर्न बिबस बनाइएका छन् र धेरै दलित युबकहरु अन्तरजातीय बिवाहा गर्दा फाँसीमा चढाइएका छन् र उसको परिवारका सदस्य बुवालाई मार्ने देखि बहिनीलाई बलात्कार गर्ने सम्मका घटना घटेका छन् ।

सुन्दा अचम्म लाग्छ होला तर भोग्नेको भोगाइ यहाँ ती पिडालाई सम्बोधन गर्ने शब्द नै छैन मसंग ।
धेरै गैरदलित युवाहरुले विशेष गरि सिधा दलित युवती र महिलाहरुसंग प्रेमको नाटक गर्ने ती युवतीहरुलाई मायाजालमा पारी उनिहरुको शरीर संग मोज र भोग गर्ने जब पेटमा बच्चा हुन्छ , स्वीकार गर्नु पर्दा सानोजात दलित , अछुत भनी मेरो परिवारले स्विकार्दैन मेरो समाजले स्वीकार गर्दैन भनी कित भाग्ने कित हत्या गरिदिने कित कसैले थाहा नपाउने ठाउँमा कोठा राखी आफुले आफ्नै जातको केटीसित बिवाहा गरि दलित युवतिको जिन्दगी बर्बाद गरिदिने यस्ता घटना सामन्य भैसक्यो ।दर्जनौं घटना मैले हेरेकी छु गैरदलित श्रीमान फरार भएको , अनि बच्चाको जन्म दर्ता र आफ्नो बिहे दर्ताको सहयोग माग्दै हिडेको केही बर्ष सगै बसि शरीर लुटि हिडेको ।

यदि प्रेम साचो हो भने किन त्यहाँ जातको कुरा आउछ यदि तल्लो जात भनी छुदा छोइने र अछुत हो भनी उसले छोइएको पानी नै नचल्ने हो भनी त्यो अछुत युवतीको शरीर पनि अछुत होइन र ? पानी छुदा छोइने शरीरको जवानी कसरी छुत हुन्छ ? जवानीसंग खेल्दा जातको कुरा आउदैन अनि स्वीकार गर्नु पर्दा जातको कुरा आउनी ? जब सबै अछुत हुन्छ भने ती अछुत महिलाको जवानी पनि अछुत हुन्छ छुने कोसिस नगर , यदि प्रेमको नाटक र नाममा एउटा नारीको अस्मितासंग लुटेर जातको नाममा खेलवाड गर्ने देखि अब दलित नारीहरु पनि सचेत हुन जरुरी छ ।

जहाँ प्रेम हुन्छ त्यहा जातभात र धनिगरिब कुनै पर्खाल नै हुदैन । जहाँ जातको कुरा आउछ त्यो प्रेम नै होईन त्यो सरासर स्वार्थ र भोग हो ।

नाम गोप्य एक जना रामेछापको बिश्वकर्मा बहिनीलाई पर्बतको ब्रामण थरको युवकले दुई बर्ष काठमाडौको कोटेश्वरमा कोठा लिएर मन्दिरमा गएर सिंदुर पोते गर्यो दुई बर्ष सगै श्रीमान -श्रीमती भएर बसे अन्तिममा युवकको बुवाले दलित केटीलाई बुहारी स्वीकार गर्न सकिदैन आफ्नै जातको केटी बिवाहा नगरे मर्छु भनेर भने पछि युवकले दलित युवतीलाई छोडेर आफ्नै जातको केटि बिवाहा गर्यो उनी घर न घाट भएर बाच्न बिबस छिन ।

धादिङमा एक दलित महिलालाई पेटमा बच्चा भए पछि स्वीकार गर्न पर्छ भनि त्रिशुलीमा जिप सहित फालेर मारेको घटनाहरुले के देखाउछ भने स्वीकार गर्नु भन्दा दलित युवतीलाई हत्या नै गर्ने तर स्वीकार नगर्ने यतिमात्र नभइ छोराले दलित युवती बिवाहा गरे पछि परिवार नै मिलेर हत्या गरेका घटना थुप्रै छन् ।

उदयपुरको कटारी नगरपालिका -४ सिम्लेमा उदयपुर ५ बाहुनटारका १७ वर्षिया सगिता बिश्वकर्मालाई उनकै श्रीमान युवराज कार्की , ससुरा नैनबहादुर कार्की र देबर सुजन कार्कीले हत्या गरेको खुलेको छ ।

२०७४ कार्तिक १४ गते सिम्लेस्थित जंगलमा लास सडेको अबस्थामा फेला परेको थियोे ।
अनुसन्धानमा युवराज कार्कीले बिवाहा गरेपछी संगिता बिस्वकर्मा भएको थाहा पाए पछि परिवार मिलि हत्या गरेका थिए ।
त्यस्तै छोराले अन्तरजातीय बिवाहा गर्दा दैलेख तोली गाबिसका ५८ वर्षिया सेते दमाईलाई २०६८ भदौ १३ गते खुकुरी प्रहार गरि हत्या गरेका थिए ।
२०६८ साउन २८ गते सेते दमाईको छोरा सन्त बहादुर दमाईले छिमेक कै राजकुमारी शाहीले भागी बिवाहा गरेका थिए ऊनीहरु घरमा आएको दिन हतियार सहित आएका ५ जनाले सेते दमाईको हत्या गरेका थिए ।
यी त भए प्रतिनिधि घटना यस्ता घटना थुप्रै छन् ।
अन्तरजातीय प्रेम र बिवाहा विशेष दलित युवतीहरुलाइ अभिसाप जस्तो बनेको छ।
जातीयताका कुरा गर्दै उनीहरुको इज्जतसंग रमाएर अन्तिममा अलपत्र पार्ने हजारौं दलित नारीहरु अहिले पनि घर न घाट बच्चाको जन्म दर्ता अनि आफ्नो बिवाहा दर्ता नपाएर बसेका कयौं छन् ।
अब दलित समुदायका दिदिबहिनीहरुले पनि अन्तरजातीय प्रेम र बिवाहा गर्दा अलि सोचेर , बुझेर र तुरुन्तै गैरदलित युवाको झुटो प्रेममा नफस्न अलि बिचार गर्नु पर्ने हुन्छ ।
तुरुन्तै कसैको मीठो बोली र प्रेममा परिहाल्ने र सम्बन्ध अगाडि बढाइहाल्ने बिश्वासलाई अब अलि बुझ्न जरुरी छ ।

कि त अन्य समुदायसंगको प्रेम र बिवाहा गर्दा त्यो समाज र परिवारसंग फेस गर्न तयार हुन पर्यो होईन त आफु अरुको तुरुन्तै बिश्वासमा पर्न पनि भएन ।
अन्त्यमा शरीर चल्ने र पानी नचल्ने त्यस्ता पात्रलाई चिनौ ।
प्रेम र बिवाहालाई जातको पर्खाल लगाएर जो कसैको जिन्दगी बर्बाद गर्ने कुप्रातलाई कारवाही सगै कुपात्र चिन्ने कोसिस गरौं ।

सरु सुनार
थाहा अनलाइन – सह-सम्पादक

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्