गैरदलित युवकसँग प्रेमविवाह गरेकी दलित युवतीको बिचल्ली

श्रीमानसहित परिवारले अस्वीकार गरेपछि प्रहरीमा उजुरी


मिर्चैया नगरपालिका– ९ भगवानपुर गाउँका २५ वर्षीय विजय महतोसँग प्रेमविवाह गरेकी उनले श्रीमान् र उनको परिवारका सदस्यले दलित युवतीलाई कसरी बुहारी मान्न सकिन्छ भन्दै अस्वीकार गरेको गुनासो गरिन् । ‘विदेशबाट कमाएर फर्किएपछि अदालतमा विवाह गर्ने र सँगै बस्ने कसम खाएका श्रीमान्लाई घरपरिवारका सदस्यहरूले लुकाएका छन्,’ उनले भनिन्, ‘झन्डै एक हप्ताअघि खाडी मुुलुक कतारबाट आएलगत्तै श्रीमान्ले अब म अर्की विवाह गर्छु भन्दै फोनबाट धम्क्याउँदैआएका छन् ।’

भगवानपुरमा रहेका फुपाजुको घरमा आश्रय लिएर बसेका वेला आफूसँग महतोले प्रेमविवाह गरेको उनको भनाइ छ । ‘ट्र्याक्टरचालकको काम गर्ने महतोले विवाह गर्छु भन्दै श्रीमती बनाएर गत वर्षको साउनमा बन्दीपुरमा करिब पाँच महिना डेरामा राखे,’ उनले भनिन् । गत मंसिरमा धनगढीमाई नगरपालिका– १२ सिमलटेकी आहाले गाउँमा ऐलानी जग्गामा झुपडी बनाएर आफूलाई त्यहीँ राखी श्रीमान् महतो वैदेशिक रोजगारीका लागि कतार गएको उनले बताइन् । ‘विदेशमा रहुन्जेल वेलावेलामा खर्चसमेत पठाउँदै आएका थिए, असोजको दोस्रो हप्ता कतारबाट गाउँ फर्किएलगत्तै फोन गरेर घरमा बुहारी स्विकार्न मानेनन्, म दोस्रो विवाह गर्छु भनेपछि प्रहरीमा उजुरी दिएकी छु,’ उनले भनिन् ।

झुक्याएर गर्भपतन
पीडित सदायले १० असोजमा मिर्चैयास्थित इलाका प्रहरी कार्यालयमा महतोलाई कारबाहीको माग गर्दै उजुरी दिएकी छिन् । विदेश जानुअगाडि आफू गर्भवती रहेको जानकारी दिँदै उनले प्रश्न गरिन् ‘मलाई सन्चो नभएको वेला झुक्याएर गर्भपतन गराउने औषधि खुवायो, त्यसले मेरो गर्भको बच्चा खेर गयो । गर्भ खेर गएपछि आफ्नो बाटो लाग्छे भन्ने षड्यन्त्रसहित त्यसो गरेको रहेछ । नत्र विदेशबाट फर्किनेबित्तिकै किन मलाई त्यसरी धम्क्याउँथ्यो ?’

कतारबाट फर्किएपछि महतोले ९ असोजमा मिर्चैयाबाट आफू बस्दै आएको आहाले गाउँमा केही केटाहरूलाई पठाएर आफूमाथि कुटपिट गर्न खोजेको उनले बताइन् । ‘श्रीमान्ले नै धम्क्याउँदै केही रकम लिएर मलाई छुटकारा दे भनिरहेका छन्,’ उनले भनिन् ‘दुई वर्षसम्म श्रीमतीको रूपमा राखेर अहिले छोड भनिरहेको छ, के म खेलौना हुँ र ?’

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले सदायले उजुरी दिएपछि महतो फरार भएकाले अभिभावकलाई झिकाएर कुराकानी गरिएको जानकारी दिए । ‘दुवै पक्षसँग गरिएको कुराकानीको आधारमा १७ असोजका लागि पुनः दुवै पक्षलाई बेलाइएको छ,’ उनले भने ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्