जात बन्यो तगारो, प्रेम गर्दा मृत्यु उपहार



सज्जन कुमार सिँह, बागलुङ । भेरि नगरापलिका ४ जाजरकोटकी उर्मिला विश्वकर्माका आँखा हिजो साँझबाट झरिमय बनेका छन् । पिडाले नराम्रोसँग थिचेको छ ।आँखावरिपरि छोराको तस्बिर छ । पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीकी सुस्मा मल्ल सँगको सम्बन्धका कारण ज्यान नै गुमाउनु प¥यो ।

उनका छोरालाइ केटिले घरमै लिन आउ भनेर आग्रह गरेपछि १९ जना युवा लिएर उनी केटिको घरमा पुग्दा भएको आक्रमणमा उनको मृत्यू भएको थियो ।

दिउसो एकबजेतिर घरबाट निस्केको छोरा जब राती एक बजे भेरीमा मृत अवस्था भेटिएको खबर पाएसँगै उर्मिलाको होस गुमेको छ । छोराको मृत शरिर अस्पतालमा छ ।

आफूमा परेको यो बज्र डटेर सामान गर्ने ह्वाउ समेत उनीसँग छैन । उनी छोरालाइ अमानवीय रुपमा हत्या गर्नेलाइ कारबाहिको माग गर्दै विभिन्न ठाउँमा धाउन थालेकि छिन् ।

उनले प्रहरीलाइ समेत आगं्रह गरिन । उनी आफुमाथि परेको अन्यायमा साथ देउ , न्याय देउ भनि भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्ति सँग पनि कार्यकक्षमा पुगैरै विन्ति विसाइन ।

यस्तो छ घटना बारे मृतक नबराज विककी आमा उर्मिलाको भनाइ जस्ताकौ तस्तै ः

नवराजले भर्खरै बाह् कक्षा पास गरेको थियो । उ अहिले २० बर्षको भयो । उ मेरो एकमात्र छोरा हो ।बाह्र कक्षा पास गरेर अहिले प्रहरीमा भर्तिको लागि देखिएको पनि थियो ।तर यस्तो भैदियो (उनी रुन थालीन) छोरालाइ मारिदिएछन् ।

प्रहरीमा भर्ति हुन ठिक्क भएर बसेको थियो अरु सबैमा पास भएर इन्टरभ्यू बाकि थियो भन्थ्यो । भाइरसले गर्दा जताजतै कठिन भएको थियो।   र हामी पनि यसकै कारण प्रभावित थियौ । जनतन घर चलिरहेको थियो । सखदुख बाचिएकै थियो ।

हिजो शनिबार भएकोले उसले(नवराजले) आफैले खाना बनायो । कपाल लामो भएकोले कपाल काट्न जा भनेर गयो तर सबै बन्द भएकोले नकाटि फर्कियो। हामीलाइ पनि खाना खुवायो ।

शनिबार भएकोले मैले लुगा धुने नुहाउने काम गरे । एक बजेको हुदो हो छोरा घरबाट निस्केको कतै जान्छु भनेर भनेन । उ त्यतिखेरै निस्केको थियो । ( उनी फेरि घुक्क गर्न थाल्छिन् ) आज मलाइ जे परेछ त्यो कसलाइ प¥या होला र ?

हामी पिडितलाइ कसले न्याय दिने ? त्यो केटि(सुस्मा मल्ल)लाइ घरमै आउदा चिनेकी हु । तर उसले आफु मेरी छोरीको साथी हु भन्थी मलाइ यतातिर (छोरातिर ) सम्बन्ध भएको भन्ने बल्ल चैत्रमा थाहा पाएकी हु । पुसमा छोरा नवराजको जन्मदिनमा पनि त्यो केटी आएर चार दिन जति बसेकी थिइन ।

छोरीकी साथी भनेर मलाइ कुनै सँका नै भएन तर भित्रभित्रै छोरासँग सल्किएकी रैछ । चैत्रमा त्यो केटीको भाइ पनि घरमा आएको थियो । चैत्रबाट मेरो छोरालाइ उनीहरुले धम्काउने र प्रहरीमा समेत लाने काम गरे ।

लकडाउन कै समयमा पनि केटी पक्षले र त्यहाँको वडा अध्यक्षले चौरजहारीको प्रहरी थानामा लगेर राखे । किन राखेको भेनर अध्यक्षलाइ फोन गर्दा म आउन पाउदिन पानी लगाउन गएको छु तिम्रा छोराछोरी आफै निकालेर लैजाऔ भनेर भने ।

अनि छोरालाइ चौकी बाट कागज बनाएर निकालेर ल्याए । मेरो छोरालाइ किन थुनियो त्यतिबेला भनेर मैले भनेको थिए तर कसैले पनि मेरो कुरालाइ सुनेनन् । यति सम्म भएपछि अब त्यो केटिको पछि के लाग्ला र भनेर भनेको थिए ।तर त्यसैले मेरो छोराको ज्यान लिइ मलाइ चौधारा रुवाइ ।

हिजो दिनभरी घरमा नआएपछि तिनबजेतिर मैले   फोन गरे । फोन लागेन ।  फेरि साढे ५ बजेतिर भाइ बलबहादुरको फोन मागेर फोन गर्दा नवराजले उठायो । कहाँ छस भनेर सोध्दा म काफल खाना आको छु भनेर भन्यो ।

कुन ठाउँमा गाछस काफल खाना भन्दा फोन काट्यो । त्यहि नै मेरो अन्तिम पटक छोरासँग फोन भयो । त्यहि आवाज त्यहि बेलाको अन्तिम बोली अहिले कानमा गुन्जिएको छ । मेरो बाबु के दसाले त्यहाँ पुगेछ (उनी फेरि रुन थालिन् । )

अरुले भनेको सुनेको १७,१८ जना केटाहरु लिएर गएको थियोरे । त्यहि केटिले लिन आउ भनेर बोलाएकी थिइ भन्ने पनि सुनाए । नबोलाएको भए त्यसरी केटा बोकेर जाने थिएनन् अझै साझतिर कोहि कोहीले त दुलहि लिन गाछ नवराज भनेर पनि हल्ला गरेका थिएरे मैले अर्कैबाट सुने।

गाउका सबै मिलेर लगारेछन् । पिटेछन् । १२ जनालाइ पुलिसको भ्यानमा हालेर प्रहरीमा लगेछन् । मेरो छोरालाइ मारेर राप्तिमा बगाइदिएछन् । अन्य ६ जनाको पनि पत्तो छैनरे । अरुले भने अनुसार गणेश बुढा ,सन्दिप विक,, लोकेन्द्र सुनार,टिकाराम सुनार,बेपत्ता छन् भन्ने सुने अरु कोको हो भन्ने मलाइ पनि कसैले भनेका छैनन् ।

कस्तो जातमा जन्मिएछ । विश्वकर्मा जात कस्तो जात रहेछ बाबु यहि जातले मेरो छोरा मर्नूप¥यो । आज मुटु भतभती पोलेको छ । छोरालाइ मार्नेलाइ कारबाहि नगरेसम्म लास उठाउन्न भनेकी छु । अरुले कारबाहि हुन्छ लास चलाउ भनेका छन् । एउटा मात्र मेरो छोरो अब म कसको मुख हेरेर बाच्ने ? मेरो छोरो मार्नेलाइ कारबाहि होस । हामी जस्ता दुखि गरिबका कुरा कस्ले सुन्छर । (उनी रुन लागिन )

चौरजहारी प्रहरी चौकीका एक अधिकारी धर्मसिँह विस्टको भनाइ ः घटना बारे प्रहरीलाइ हिजो साझ सबा छ मा खबर भएको थियो । हामीलाइ वडा प्रतिनिधीले फोन गर्नु भएको थियो । थाहा पाएपछि हामी तत्कालै त्यहाँ पुगेका थियौ । लकडाउनको समयमा यसरी युवा लिएर अर्को जिल्लामा प्रवेश गर्नु ठिक थिएन ।

जाजारकोट बाट रुकुम गाउमा  उताबाट आएका युवाहरुलाइ केटि पक्षले प्रतिकार गर्न खोजेपछि केहि युवाहरु भागे र लखट्ने र भाग्ने क्रममै नवराजको ज्यान गयो भने   २१ बर्षिय टिकाराम सुनारको शव भेरि नदिमा आज साझ ६ बजेतिर भेटिएको छ अन्य पनि सायद भेरी नदिमै बगेको हुनसक्ने हाम्रो अनुमान छ ।

तर गोपाल नाम गरेका एक युवा चाहि फर्केर आएकोले पाच जना बेपत्ता हुन सक्छन् भन्ने हाम्रो अनुमान हो । त्यस्तै केटि पक्षका चार जना सहित केटिका बाउआमालाइ पनि प्रहरीले प्रकाउ गरेको उनको भनाइ छ ।

१८,१९ जना केटा लिएर केटिको घरतिर जाँदा केटिकी आमाले हल्ला कुल्ला गरेर गाउका अन्य केटा समेत आएपछि माहौल फरक बनिदियो । जाजरकोटबाट आएका युवाहरु भेरि नदि तरेर जानुपथ्यो ।

कोहि भाग्न लागे । यदि नभागेको भए अन्यलाइ जस्तै प्रहरीले समत्थ्यो यति ठुलो घटना हुने थिएन । त्यहाँ कुटपिट पनि भएको रहेछ । घटनाबारे अझै पुर्ण विवरण आएको छैन । अनुसन्धान भइरहेको र अन्य अनुसन्धानका लागि नयाँ टोली आएको पनि बिष्टले बताए ।

शरिराम विक वडा सदस्य ः घटना भएको स्थान म बस्ने ठाउँबाट एक घण्टा टाढा पर्छ ।मैले पनि यो घटना समाजिक सञ्जाल र न्युज बाटै थाहा पाएको हु । यस्तो लकडाउनमा भेरी नदि तरेर जाजरकोट जिल्लाबाट यता नआउनुपथ्र्यो तर यसको अवश्य पनि छानविन भइ सत्यतथ्य बाहिरा आउला सत्यतथ्य केहो भन्ने अझै बुझ्दै छौ ।

चोखो प्रेम सम्बन्धमा मल्ल परिवारको गलत कदम
नवराज र सुस्मा बिच लामो समयदेखि प्रेम सम्बन्ध थियो । यो कुरा उनले सामाजि सञ्जाल मै पोस्टाएका स्टाटस र फोटाबाट पनि थाहा हुन्छ । नवराजका तिनवटा फेस बुक एकाउण्ट थिए । त्यी एकाउण्टमा नवराजले सुस्माको फोटो नै कभरमा राखेका छन् ।

उनले सुस्माको फोटो हाल्दै बुढि समेत लेखेका छन् र सुस्माका पनि दुइवटा एकाउण्ट ठाकुर पिँकु र सुस्मा मल्ल ठकुरीबाट समेत त्यसमा कमेन्ट गरेर खुसी जनाएकी छिन् ।उनीहरु एक अर्काले बुढाबुढि सम्म भन्दै कमेन्ट गर्दा उनीहरुको सम्बन्ध धेरै अघि बढेको थियो भन्ने  पुष्टि हुन्छ । सुस्मा र नवराज एक अर्काबिना बाच्न नसक्नै अवस्था पुगेका थिए ।

आफु मल्ल खलक र आफ्नी छोरी सानो जात ठानिएको विश्वकर्मासँग जोडिदा उनीहरुलाइ सैह्य भएको थिएन । केटालाइ यसअघि पनि प्रहरीमा थुनिएको थियो ।

तर सुस्माको सम्बन्धका कारण नवराजसँग चिढिएको केटि पक्षले प्रेम गरेको आधारमा मार्नू असैह्य र जति निन्दा गर्दा पनि कमि हुने दलित अधिकारकर्मि सरु सुनारले बताइन ।

उनले मृतकलाइ भेरी नदिबाट निकाल्दै गरेको भिडियो समेत सार्वजनिक गर्दै दोषी सबैलाइ कडाभन्दा कडा कारबाहि गर्न माग गरेकि छिन् । नेपालमा सँविधान र   कसुर सजाय ऐन जारी भएपछि समेत १४ जना दलित भएकै कारण मर्नू परेको बताइन ।

अन्तरजातिय बिवाह गर्दा मारिएका काभ्रेका अजित मिजारको लास ५ बर्ष देखि टिचिङ अस्पतालमा सडेर बसेको छ हत्यारा खुललाम हिडेका छन् फेरि पनि उच्च जातको केटिसगको प्रेम कै कारण मारिएका नबराज बिकको मृत्युलाई अर्कौ बहाना देखाएर अपराधी उम्किए शसक्त आन्दोलन गरिने पनि उनले बताइन ।

स्रोत – इनेपालखबर डटकम

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्