अध्यक्ष शमीम अहमद नदवीले दिए ईदको शुभकामना



कपिलवस्तु । जामिया सिराजुल उलुम अल्सलफियाका अध्यक्ष शमीम अहमद नदवीले स्लाम धर्मावलम्वीहरुको ठूलो पर्व ईद (इद–उल–फित्र) को अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गर्दै शुभकामना दिएका छन् ।

शुभकामना सन्देश दिदै नदवीले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएको भन्दै विविधता हाम्रो आकर्षण र विविधता भित्रको एकता नै नेपालको पहिचान भएको बताए ।

बहुधर्म र बहुसँस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् ।

स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलंबी लगायत सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्