उपाध्यक्ष मशहूदले दिए रमजानको शुभकामना



कपिलवस्तु । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान आजदेखि सुरु भएको छ । सूर्यको उज्यालोमा पानी पनि नखाने यो व्रत एक महिनासम्म मनाइन्छ । रमजानको पवित्र महिनाको शुभ अवसरमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खाँ नेपालीले मुस्लिम समुदाय लगायत सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् l

मौलाना मशहूद खाँ ले बताउँदै भने एक महिनासम्म व्रतालु व्रत अर्थात् रोजा बस्छन् । यो वर्ष हिजरी संवत् १४४५ हो भने रमजानको नवौँ महिना हो ।रमजानको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली हरूमा सुख शान्ति एवम् समृद्धिको कामना सहित शुभकामना दिँदै विशेष परिस्थितिका व्यक्ति बालबालिका, बिरामी, अशक्त र गर्भवतीलाई रोजा अनिवार्य नरहेको बताए।साथै रमजानमा दानको समेत विशेष महत्त्व रहेकाले आफूले गर्न सक्ने दान समेत गर्नु पर्ने बताउँदै रमाजमा नमाज तथा कुरान शरीफ पढ्नाले विशेष पुण्य प्राप्त हुने बताउँदै उपवास इस्लामको पाँच प्रमुख धार्मिक स्तम्भहरू मध्ये एक हो। बाँकी चार क्रमशः एक ईश्वर, नमाज, जकात र हज मा विश्वास गरिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्