अजय मिश्र, कृष्णनगर, चैत्र ३१
नेपाल प्रहरीकाे स्वास्थ चेकजाँच कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकाे छ।
आज इलाका प्रहरी कार्यालय कृष्णनगरकाे आयाेजना तथा शिवराज अस्पताल र छन्द कालेबाबु आँखा अस्पताल बहादुरगंजकाे प्रविधिक सहयाेगमा कृष्णनगर इप्रका लगायत मताहत रहेका प्रहरी चाैकी जवानहरुकाे समेत स्वास्थ चेकजाँच गरिएकाे प्रहरी निरिक्षक सुरज खत्रीले बताउनुभयो ।
स्वास्थ चेकजाँच कार्यक्रम अन्तर्गत प्रहरी कर्मचारीहरूकाे नियमित स्वास्थ्य परीक्षण गरिएकाे थियाे जसमा रक्तचाप, मधुमेह, दाँत, आँखा, रगतकाे विभिन्न प्रकारका परिक्षण लगायतका चेकजाँच भई सम्पन्न गरिएकाे छ ।
कार्यक्रमकाे उद्देश्य प्रहरीकाे स्वास्थ्यमा सुधार ल्याउने, उनीहरूलाई सशक्त बनाउने र सेवामा अझ प्रभावकारी बनाउनुका साथै दीर्घकालीन राेगहरुकाे पहिचान गरि सजिलै उन्मुलन गर्ने उद्देश्य रहेकाे प्रहरी निरिक्षक खत्रीले बताए । कार्यक्रममा कुल ६२ जना प्रहरी जवान र कर्मचारी समेतकाे चेकजाँच भएकाे थियाे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।