प्रदेश ५

तेस्रो अन्तराष्ट्रिय योग दिवस विविध कार्यक्रम

By थाहा अनलाइन

June 21, 2017

७असार , दाङ । तेस्रो अन्तराष्ट्रिय योग दिवस विविध कार्यक्रम गरी दाङमा पनि बुधबार मनाईएको छ । 

संयुक्त राष्ट्रसंघको आव्हानमा प्रत्येक बर्षको जुन २१ मा अन्तराष्ट्रिय योग दिवस मनाउन थालिएको हो । योग गरौँ निरोगी बनौँ भन्ने नाराका साथ नेपालमा पनि आज बिशेष कार्यक्रमको आयोजना गरिएको छ ।

योग दिवसकै अबसरमा पतन्जली योग समिति दाङको आयोजनामा बुधबार घोराहीमा विभिन्न कार्यक्रम गरिएको छ । विहान योग साधना, प्रभातफेरी, जलपान तथा अन्तरक्रिया र सम्मान कार्यक्रम गरिएको छ ।

कार्यक्रममा बोल्ने बक्ताहरुले योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुनेमा जोड दिएका छन् । योग दिवसका अबसरमा प्रधानमन्त्री सेरबहादुर देउवाले विद्यालयस्तरदेखि नै योग शिक्षा र अभ्यास गराउनुपर्नेमा जोड दिएका छन् ।