प्रदेश ५

‘ढुक्क भएर मतदान गर्न मतदाताहरु लाई आग्रह ’

By थाहा अनलाइन

June 27, 2017

सैघाली अनलाईन खबर असार १३ , दाङ । मुख्य निर्वाचन अधिकृत चुडामणि खड्काले ढुक्क भएर मतदाताहरु लाई मतदान गर्न आग्रह गरेका छन । भोली विहान ७ वाट सुरु हुन लागिरहेका स्थानिय तहको निर्वाचनका लागि सवै व्यावस्था पुरा गरीसकेकाले मतदाताहरु लाई ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन ।

     सैघाली अनलाईन खवर पत्रिका संग कुराकानी गर्दै मुख्य निर्वाचन अधिकृत खड्काले आन्तरिक व्यावस्थापन देखी सुरक्षा व्यावस्था लाई कडाईका साथ लागु गरेकाले मतदाताहरु लाई ढुक्क भई मतदान गर्न आग्रह गरे । खुल्ला मतदान केन्द्रहरुमा वर्षातका कारण मतदाताहरु लाई सास्ती हुने भन्दै त्रिपाल व्यावस्था गरिएको खड्काले जानकारी दिए । तुलसीपुरको अरनिको मैदान र वंगालीचुली बुटनेरामा त्रिपाल व्यावस्था गरीएको खड्काले जानकारी दिए । त्यस्तै जिल्ला प्रहरी कार्यालय दाङले भोली वुधवार हुन लागिरहेको स्थानिय तहको निर्वाचनको सुरक्षा व्यावस्था लाई कडाईका साथ लागु गरेका छ ।

जिल्लाका ३ सय ५१ मतदान केद्रहरुमा सुरक्षा व्यावस्था कडाई सािथ लागु गरी प्रत्येक मतदान केन्द्रमा १० जना सुरक्षाकर्मि परिचालन गरी सुरक्षा व्यावस्था मजवुत वनाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । जिल्लाका३ सय ५१ मतदान केन्द्रहरु मध्ये राप्ती गाँउपालिका , बबई गाँउपालिका , गढवा गाँउपालिका र बंगालीचुली गाँउपालिका ११ वटा मतदान केन्द्रहरु लाई अति संवेदनशिल क्षेत्र जानकारी दिदै जिल्लाका सवै क्षेत्रमा नेपाल सेना , शशस्त्र प्रहरी , नेपाल प्रहरी र म्यादी प्रहरी सहित परिचालन गरिएको तिवारी जानकारी दिए ।