काठमाडौं उपत्यकामा जेब्रा क्रसिङमै पार्किङ, एकै दिन ३० कारबाही



काठमाडौं । काठमाडौं उपत्यकामा लेन मिच्ने र जेब्राक्रसिङ तथा फुटपातमा पार्किङ गर्नेहरु बढेका छन् ।

मंगलबार मात्रै ट्राफिकले उपत्यकामा लेन अनुसान पालना नगर्ने १३७ जनालाई कारबाही गरेको छ ।

जेब्राक्रसिङमा सवारीसाधन रोक्ने ३० जना र फुटपातमा पार्किङ गर्ने ११९ जनालाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मंगलबार मादक पदार्थ सेवन गरी सवारी चलाउने ६७ जना र हर्न बजाउने ३३ जना चालक कारबाहीमा परेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्