लेन अनुशासन मिच्ने र हर्न बजाउने बढे, एकै दिन ३ सय बढी कारबाही



काठमाडौं । काठमाडौं उपत्यकामा हर्न बजाउने र लेन अनुशासन मिच्ने सवारी चालकको संख्या दिनानुदिन बढ्न थालेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बिहीबार मात्रै उपत्यकामा लेन अनुसान मिच्ने १८७ जना कारबाहीमा परेका छन् ।

यस्तै, हर्न बजाउने १४४ जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ भने फुटपाथमा पार्किङ गर्ने १३६ जना, मादक पदार्थ सेवन गरी सवारी चलाउने ९३ जना कारबाहीमा परेका छन् ।

ट्राफिक नियम उल्लंघन गर्ने मध्ये सीसी टीभीको निगरानीबाट ६४ जना कारबाहीमा परेका छन् । ४७ ह्वील लक कारबाही भएको छ भने जेब्राक्रसिङमाथि सवारी रोक्ने २७ जना कारबाहीमा परेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्