असल र सफल नेतृत्वबारे कार्यशाला



-सैघाली खबर-

भक्तपुर । भक्तपुर मध्यपुर थिमी नगरपालिकामा रहेका नीजि विद्यालयका विद्यार्थीका लागि नेतृत्व विकास सम्बन्धी एक दिने कार्यशाला गरिएको छ ।

राष्टिय बाल दिवसको अवसरमा मध्यपुर थिमी प्याब्सनले आयोजना गरेको कार्यशालामा २६ विद्यालयका ६० जना कप्तान र उप कप्तानको सहभागिता रहेको थियो ।

बालबालिकालाई सानैदेखि असल र सफल व्यक्तित्व बन्न लालायित गर्न सके मात्रै भोली उनीहरुले सही तरिकाले नेतृत्वको जिम्मेवारी पुरा गर्न सक्ने भएकाले विद्यार्थीहरुका लागि यो कार्यशाला आयोजना गरिएको कार्यक्रमका संयोजक तथा मध्यपुर थिमी प्याब्सनका उपाध्यक्ष शंकर कर्ण कायस्थले बताए ।

कार्यशालामा नेतृत्व विकास प्रशिक्षक संजय खड्काले सकारात्मक र रचनात्मक सोच, निर्णय क्षमता तथा नेतृत्व विकासका विभिन्न पक्ष सम्बन्धमा प्रस्तुति राखेका थिए ।

भक्तपुर जिल्ला प्याब्सनका अध्यक्ष चन्द्रकुमार अधिकारीले यस्ता खालका तालिमले विद्यार्थीलाई हौसला दिने भएकाले प्याब्सनले आगामी दिनमा पनि थप कार्यक्रम गर्ने बताए ।

कार्यक्रममा बोल्दै भक्तपुर जिल्ला प्याब्सनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र श्रेष्ठले निरन्तर प्रयास, कडा मेहनत, धैर्यता र इमान्दारिताले नै व्यक्तिलाई सफलता प्राप्त हुने भन्दै विद्यार्थीले आफूले गर्ने काममा सफलता प्राप्त गर्न यी विषयमा ध्यान दिनुपर्ने बताए ।

मध्यपुर थिमी प्याब्सनका अध्यक्ष निलेश आचार्यले शिक्षा भनेको ज्ञान लिनु मात्रै नभई व्यवहारमा समेत लागु गर्नुपर्ने विषय भएकाले कार्यशालामा सिकेको ज्ञान र सीपलाई व्यवहारमा पनि लागु गर्न सुझाव दिए ।

कार्यक्रममा मध्यपुर थिमी प्याब्सनका सचिव रत्नमान शंखदेव, सदस्य मनोज आचार्य, बुद्धरत्न बाडेले पनि धारणा राखेका थिए ।

कार्यक्रमको संचालन मध्यपुर थिमी प्याब्सनका कोषाध्यक्ष सुमन बस्नेतले संचालन गरेका थिए ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्