कृषि बिकास बैंक ह्याकिङ प्रकरणमा थप तीनजना पक्राउ



कृषि बिकास बैंक ह्याकिङ प्रकरणमा संलग्‍न भएको आरोपमा प्रहरीले थप तीनजनालाई पक्राउ गरेको छ ।

योसँगै कृषि बिकास बैंक ह्याकिङ प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ । महानगरीय अपराध महाशाखाले स्थानीय प्रहरीको सहयोगमा कञ्चनपुरबाट यज्ञराज भट्ट र पर्वतबाट मालतीदेवी न्यौपानेलाई पक्राउ गरेको हो। प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट पर्वतका गणेशप्रसाद बस्याललाई पक्राउ गरेको छ ।

भट्टको कृषि बिकास बैंक कञ्चनपुर शाखास्थित खातामा ४५ लाख र पर्वतबाट पक्राउ परेकी न्यौपानेको कृषि बिकास बैंक पर्वत शाखामा २८ लाख रुपैयाँ ट्रान्सर्फमर भएको भेटिएको छ । त्यही आधारमा उनीहरुलाई पक्राउ गरि हिरासतमा लिइएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए । कञ्चनपुर र पर्वतबाट पक्राउ दुवैलाई प्रहरीले काठमाडौं ल्याइरहेको छ।

बिहीबार स्याङ्जाबाट पक्राउ परेका निर्माण व्यवसायी रामकृष्ण भुसालले बयानमामा गणेशप्रसादको नाम लिएका थिए। त्यही आधारमा उनी पक्राउ परेका हुन् । रामकृष्णले बयानमा उनले पर्वत निवासी गणेशप्रसाद बस्यालले आफ्नो खाता नम्बर मागेर पैसा हालेको बताएका छन् ।  उनले पटक पटक ४७ लाखको चेक लिएर खाताबाट पैसा निकालेको खुलाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्