सरकार फासिष्ट बन्दै गरेको गगन थापाको आरोप

चितवन घटनामा उक्साउनेसँग बदला लिइने


नेपाली कांग्रेसका नेता गगन थापाले ज्ञानेन्द्र शाहिमाथि कुटपिटको घटनाले सरकारको फासिष्ट प्रवृत्ति देखिएको बताएका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्न नदिनु गम्भीर घटना भएको बताए ।

कार्यक्रममा उनले सरकारले कानुन बनाएर स्वतन्त्रता खोस्दै गरेको छ भन्दै उनले चितवन घटना सरकार फासिष्ट बन्दै गएको संकेत हो भनेका छन् ।

नेपालका लागि नेपाली अभियान भन्दै चितवनमा कार्यक्रम गर्दै गर्दा अज्ञात समूहद्वारा ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएको एक दिन पछि थापाले यस्तो दाबी गरेका हुन् ।

आजै बिहान आफ्नो फेसबुकमार्फत थापाले शाहीमाथि आक्रमण गर्नेलाई कायर भन्दै अब यो घटनामा उक्साउनेहरु सँग बदला लिने बताएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्