महिलालाई बस्तुको रुपमा हेर्ने सोचमा परिवर्तन आएनः मन्त्री थापा



महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले महिलालाई बस्तुको रुपमा हेर्ने सोचमा कुनै परिवर्तन नआएको बताएकी छन् । मन्त्री थापाले नेपाली समाज र संस्कार अहिले पनि महिलामैत्री हुन नसकेकोमा चिन्ता व्यक्त गरिन् ।

नवनारी मिडियाको १२ औँ बार्षिक उत्सवका अवसरमा बोल्दै मन्त्री थापाले भनिन्, ‘अहिले पनि महिलाहरुले बाहिर निस्केर काम गर्न सक्ने वातावरण नहुनु दुःखद् अवस्था हो ।’ उनले हिजोको पितृसत्ता र सामन्ती सोचमा परिवर्तन हुन नसकेको धारणा राखिन् ।

मन्त्री थापाले भनिन् ‘हिजोको पितृसत्ता र सामान्ती सोचमा अझैं पनि परिवर्तन आउन सकेको छैन ।’महिलाहरुले विद्यमान अवस्थालाई चिरेर अगाडी बढ्नुपर्ने आवश्यकता रहेको उनले औल्याइन् । समाजवाद उन्मुख समाज निर्माण गर्ने व्यवस्था गरिएका कारण पनि आगामी दिन महिलाका लागि सहज रहेको उनले बताइन् ।

मन्त्री थापाले महिलाले सम्मानपूर्वक बाँच्न पाउँने समतामूलक समाजको निर्माण गर्न आवश्यक रहेको बताइन् । महिलाहरुले घरबाहिर निस्केर काम गर्न सक्ने वातावरण सृजना गर्नुपर्ने मन्त्री थापाको धारणा छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्