कांग्रेसले दशैँ तिहारपछि सरकारविरुद्ध नागरिक उतार्ने



नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले दशैँ तिहारपछि कांग्रेसले सरकारविरुद्ध नागरिक सडकमा उतार्ने बताएका छन् ।

गुल्मीको हाडहाडे जाने क्रममा बिहान बुटवलमा कार्यकर्ता भेलामा बोल्दै थापाले सरकारले कानुन बनाएरै नागरिकको मौलिक हक, सम्पतिमाथिको हक खोस्ने तयारी गरेकोले त्यसको प्रतिवाद कांग्रेसले सदन र सडकबाट गर्ने चेतावनी दिए । संसदमा बहुमत छ भन्दैमा एकपछि अर्को गर्दै सरकारले नागरिकका अधिकार खोसिरहेको भन्दै नेता थापाले सरकारको प्रतिरोधको लागि तयार हुन कार्यकर्तासँग आव्हान गरे । सरकार अलोकप्रिय भइरहेको पीडा पोख्न नेकपाले कार्यकर्तालाई व्यक्तिमाथि आक्रमणमा उतार्न थालेको भन्दै थापाले लोकतन्त्रमा सबैले सबै प्रकारका विचार राख्न पाउनुपर्ने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्