पिडीतको जाहेरी आउने बित्तिकै महरालाई प्रहरीले पक्राउ गर्ने



बलात्कारको आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरा पक्राउ पर्ने भएका छन् । जाहेरी आउने वितिक्कै पक्राउ गर्ने प्रहरीले जनाएको छ ।

संघीय संसद्को महिला कर्मचारीले आइतबार राति ८ बजे मदिरा सेवन गरेर आएका महराले बलात्कार गरेको आरोप लगाएकी छन् । उनले ‘प्रहरी बोलाउछु’ भनेपछि महरा कोठाबाट निस्केको बताएकी छन् । महिलाले फोन गर्ने वितिक्कै प्रहरी टोली राति नै उनको कोठामा पुगेको महानगरीय प्रहरी परिसरका एसएसपी उत्तमराज सुवेदीले बताए । ‘हामीले लिखित उजुरी दिनुहोस भन्दा भोलि आउछु भन्नु भयो। अहिलेसम्म उजुरी दिनु भएको छैन,’ एसएसपी सुवेदीले भने ।

Advertisement
Advertisement

मौखिक जानकारी पाउने वितिक्कै घटनास्थलमा पुगेको उल्लेख गर्दै उनले प्रहरीले आफ्नो काम गरिरहेको बताए । ‘प्रहरीले आफ्नो काम गरिरहेको छ। यस विषयमा प्रहरी पनि गम्भीर छ,’ एसएसपी सुवेदीले भने, ‘लिखित उजुरीबिना कसैलाई समात्न मिल्दैन। उजुरी आउने वितिक्कै पक्राउ गर्छौं ।’श्रीमान बाहिर भएकाले काठमाडौं आएपछि मात्रै उजुरी दिने महिलाले बताएको प्रहरीले जनाएको छ। उनले उजुरी दिएपछि अनुसन्धान प्रक्रिया अघि बढाउने प्रहरीको भनाइ छ। ‘उहाँको उजुरी आएपछि सबै प्रक्रिया अघि बढाउँछौं,’ एसएसपी सुवेदीले भने ।

बलात्कार आरोप लागेपछि महराले मंगलवार सभामुखबाट राजीनामा दिइसकेका छन् । उनले आजै उपसभामुख डा.शिवमाया तुम्बाहाङफेसमक्ष राजीनामा दिएका हुन् । महराले सभामुखबाट राजीनामा दिएपनि संघीय संसद्को सदस्यबाट भने राजीनामा दिएका छैनन् । नेकपा सचिवालय बैठकले दुवै पदबाट राजीनामा दिन सुझाव दिएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्