नेपाल बैंकका सीईओ अधिकारीद्वारा पदभार ग्रहण



नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सीईओ कृष्णबहादुर अधिकारीले पदभार ग्रहण गरेका छन् ।

अधिकारीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरी पदभार ग्रहण गरेका हुन् । बैंकको संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहबीच सीईओ अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

२०६१ मा छैठौं तहबाट सेवा प्रवेश गरी विभिन्न जिम्मेवारी सम्हालेका अधिकारी विगत ६ महिनादेखि कायममुकायम प्रमुख कार्यकारी अधिकृत थिए । उनलाई असोज ११ गते बैंक सञ्चालक समितिको बैठकले सीईओमा छनोट गर्ने निर्णय गरेको थियो । १४ जना आवेदक मध्येबाट उनी छनौट भएका हुन् ।

पदभार ग्रहण गर्दै अधिकारीले नेपालकै अगुवा बैंकमा प्रमुख कार्यकारी पदमा आफूलाई दिइएको जिम्मेवारीप्रति इमान्दार रही बैंकको श्रीवृद्धिका लागि नैतिकतापूर्ण एवं व्यावसायिक बैंकिङ अभ्यास आत्मसात गरी समर्पित रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्