‘महरालाइ सुनियोजित फसाइएको हो’



“महरालाइ सुनियोजित फसाइएको हो”

यूरोपमा सङघर्षरत मेरा पाइला, त्यति सहज त पक्कै छैन,पत्रकारिता अनि नेपाल हाउसलाइ स्थापित गर्ने मेरो प्रत्तिबद्दता बिदेशी भुमिमा, पारिबारिक दाइत्व पनि एउटि नारिलाइ त्यति सहज त पक्कै थिएन छैन पनि ।

नेपाल हाउसमा सङ्घर्षरत मेरो दैनिकी अत्यन्त ब्यस्त थियो| ब्यस्तताको बाबजुद पनि राष्ट्रप्रेमले नेपाल सङ्ग टाढा हुन नसक्नु मेरो मात्र नभै यो आम प्रबासी नेपालीहरुको दैनिकी हो । आज भन्दा लगभग तीन महिना अगाडि एउटा फ्रेण्ड रिक्वेस्ट आयो सबित्री सुबेदिको । धेरै दिन मैले रेसपोण्ड गरिन किनकी उनको सुरुवातको अभियानमा मैले सेलुट गरेको तर , पछिल्ला अभिब्यक्त्तीहरुले मलाइ तिनी पटक्कै मनपर्ने अनुहार थिइन।

तर केहिदिन पश्चात् मैले उनिसङ्ग कुरा गरे, उनको पहिलो म्यासेज थियो ” महराको सचिवालयको एकजना महिला बिसौ बर्षदेखि सभामुख बाट भिक्टिम छिन” तपाईं न्याय दिनुस । उनिले सबै स्कृन सट पठाइन जो आज मिडियामा आइरहेको छ | अनि मैले उनिलाइ यान्सर दिए , बिसौ बर्षदेखी कोहि भिक्टिम हुन्छ र ? कृपया मलाइ उमेर पुगिसकेका महिला आफै कुनै पुरुस सङ्ग होटल या अन्य ठाउमा गएर म बलत्कृत भए भन्छिन भने ती महिला चरित्र हिनका साथै देह सम्झौता गर्ने व्यापारी हुन। साना बालबालिका र ग्रुप रेप भएको छ भने मात्र आवाज उठाउनुस नत्र अन्य बलत्कारका आरोप मात्र बार्गेनिङ हुन। मैले भने उनिलाइ मलाइ यो बिषयमा केही चासो छैन, प्रबासमा लगभग कहिलेकाही अठार घन्टा काम गर्नुपर्छ फेरि मेरा आफ्नै उदेस्यहरु छन ।

पहिलो कुरो मलाइ सारै कौतुहल र आश्चर्य लाग्यो सावित्री सुवेदी म सङ्ग किन जोडिन चाहिन ?? कसले सल्लाह दियो ?? अनि मैले उनिलाइ प्रश्न गरे , उनिले भनिन सर्बेन्द्र खनालले भन्नुभयो तपाईंलाई मधु कार्कीले सहयोग गर्न सक्नु हुन्छ| मैले बिस्वास गरे किनकी म प्रबास जानू अघि सडक बालबालिका पुनस्तापनाको लागि विभिन्न कार्यक्रम गर्थे | आइ. जी .पि. सर्बेन्द्र खनाल काठ्माण्डु प्रमुख हुनुहुन्थ्यो | खास “सडक बालबालिका सङ्ग बडादसै” कार्यक्रममा सहकार्य हुन्थ्यो ।

त्यस पश्चात् उनिलाइ मैले मलाइ उनका मन नपरेका राम्रा पक्ष र नराम्रा पक्ष भने। उनिले गल्ती कमिकमजोरी स्वीकार गर्दै सुधार्दै भएका गल्ती प्रष्ट्याउदै आगामी दिनमा राम्रा कामगर्ने र त्यसमा मलाइ तपाइको साथ चाहिन्छ भनिन।
यदि कसैले दिप हु, म निभ्नुको कारण यो हो ,म बल्न चाहन्छु प्रकाश छ म सङ्ग भन्छ भने बाल्ने कोसिस सबै सामाजिक मनले गर्छनै।

अर्कोकुरा मेरो मात्र कौतुहल अनि दुखाइ नभै आम नेपाली जनताको आजको दुखाइ थियो निर्मला हत्या काण्ड । मैले उनिलाइ सोधे ,तिम्रो सुरुको अभियान कपाल मुण्डन गरेउ तिमिलाइ सबैले स्याबासी दिए | फेरि किन बाटो बद्लेउ ????
ऊनीले उत्तर दिइन, मलाइ आन्दोलन साम्य पार्न दबाब दिए | पुनः मैले सोधे उनिले उत्तर दिइन :

के.पी ओली…

मलाइ आश्चर्य लाग्यो धोहोर्याइ तेहेर्याइ सोधे | उनिले एउटै कुरा भनिरहिन K.P. OLi .मैले उनिलाइ सोधे फेरि, हैन होला ! उनिले भनिन , बिनु के.पी ओलीको मीत छोरिहुन | डाइनिङ्ग टेबलमा के. पी ओलीले मलाइ राखेर भनेका हुन | ऊनीले आफ्ना ब्यक्तिगत जीवनका कुरा राखिन बाल्यकालका गुनासाहरु राखिन, सोचेमैले केही त सत्य पनि हुन सक्छ किनकी हाम्रो ग्रामीण समाजको चिन्तन कहिलेकाही कतैकतै ब्यबहारिक र न्यायोचित हुन्नपनि। मैले सोचे साबित्रीलाइ पोजेटिभ अनि निस्वार्थ काउन्सिलङ र साथको खाचोचै पक्का रैछ। म भित्रको भावना र कोमलत्ताले ऊनीलाई साथदिने निर्णय गर्यो।

तर मेरो प्रस्ताव थियो तिमी क्लिन हुनुपर्छ पहिला | तिमी निर्मलाको केशले उदाएउ र निर्मलाकै केशबाट अस्ताएउ |अब तिमिले सत्य बोल पब्लिकले पुनः मायागर्ने बन भने। उनीले भनिन हुन्छ | तपाइको साथ चाहिन्छ म यथार्थ बोल्छु।मैले साबित्रीलाइ अब बिस्वास गर्न लागे। सुख दुख , मिसनका कुरा हुन्थे , येस्तैमा मेरो ब्यक्तिगत कामथ्यो पोखरामा मैले सियर गरे, उनिले भनिन म जान्छुनीत मैले हुन्छ भने।म आफै आउने या मेरो वारिसनामा चाहिने भएकोले म आउने निर्णय गरे।
भर्खर सुरुवात गरेको बिजनेस फेरि सेकेन्ड ब्रान्चको आवास्यक्त्ता भएर दोस्रो लगानी फाइनान्सियली म टाइट्नै थिए। उनिले भनिन फ्रेण्ड्सिपमा त्यस्तो हुन्छ र म सङ्ग छ । नेपालको लागि चिन्ता नगर्नुस । तुरुन्त नेपाल आउनु पर्ने बिस्वास गरे म आए 10 दिनको लागि सबै मिलाएर ।
पहिलो प्राथमिकत्ता मेरो लागि निर्मला थियो। मैले प्रेसमिट गरौ यथार्थ भने।

उनिले भनिन मलाइ मार्छन, ब्याक सपोर्ट चाहियो
मैले सोधे कस्तो ?
म नेपाल सङ्ग दिक्क भैसकेको छु ।
मैले भने म सपोर्ट गर्छु तर तिमी क्लीन हुनु पर्छ।
बलियो सपोर्ट उनिले भनिन शसान्क कोइरालाले सहयोग गर्नुहुन्छ । गगन थापा … उनिले जे जे भनिन मैले कोसिस गरिरहे .. अन्त्यमा उनिले “रअ” को नाम लिइन अनि म झस्के 🙁
अब मैले इन्भेस्टिकेसन गर्न लागे । उनी उनको ब्यबाहार र चिन्तन प्रत्ती सन्का लाग्न थाल्यो। यत्तिकैमा उनिले पुनः सभामुख महराको कुरा निकालिन । उनिमा स्वार्थको भुत थियो । तरपनी मलाइ बुझ्नु थियो । एकदिन दरबारमार्गको रेस्टुरेन्टमा फ्राइडे इभ्निङ्ग जाम भने किनकी मलाइ सत्य तथ्य बुझ्नु थियो। वाइन खाइयो ,(मैले उनिलाइ धेरै ख्वाए ।ऊनीमा एककिसिमको मायालुपन ,आफ्नोपन त थियो : ) त्यस पस्चात पुनः मेरो आफ्नै किसिमको इनभेस्टिकेसन सुरु भयो। उनीले भनिन मलाइ ,रोसनीको कमजोरी भनेको रक्सी र …रोसनीको धेरै कमजोरी छ त्यसैले मैले भनेको जे पनिमान्छे ।

म भित्र भित्र ग्ल्यानिमा छट्पटाइ रहेको थिए । म किन आए यूरोप बाट । कस्तो मान्छेलाइ बिलिभ गरे येस्तै येस्तै….तर मन बाधेर फ्रेन्ड्सिप गरिराखे । मत आइनैसके नेपाल अब मैले बुझ्नै छ। पुनः उनिले भन्दै गइन , रोसनी कोहि सङ्ग भेट्न र कुरा गर्न चाहन्न यो बिषयमा तर म बोलाउछु , तपाईं रोसनी सङ्ग कुरा गर्नुस म रोसनीको मोबाइलबाट महरालाइ म्यासेज गर्छु अनि डिलीट गर्छु। मैले सोधे का सम्भब छ ?? उनिले भनिन सम्भब छ मैले पहिले पनि सधै रोसनीलाइ झ्याप भएको बेलामा गर्ने गरेको थिए। एत्ति भनेपछी अब मलाइ सुन्न केही बाकी रहेन । मलाइ घृणा लागेर आयो । अब मैले गलत कुरा रोक्नु थियो । महराको लामो चिनजान घनिष्टनै तर प्रेमिकाचै हैन भनिन ।

अब निर्मला हत्याकाण्डमा साबित्रीको दोहोरो भुमिका बुझ्न थियो मलाइ:

मैले रिक्वेस्ट गरे उनीलाइ (उनीले के.पी ओलीलाइ बा भन्थिन) सावित्री म यूरोपमा बारबार निर्मलाको पिक्चर हेरेर रुन्छु । के तिमी मेरो आँसु पुस्छौ? वास्तविक भन:

ऊनीले भनिन मैले सत्य बोल्दा सरकार ढल्छ मलाइ के.पी ओलीले छोड्दैनन ….

के.पी ओलीले सबित्री यो चर्केको आन्दोलनलाई तिमिले रोक्न भुमिका खेल्न सक्छौ । तिमिलाइ के गर्नुपर्छ म छु । तिमिले भुमिका खेल्नु पर्छ भनेपछी मैले ट्राक चेन्ज गरेकी हु । त्यस पश्चात् K P ओलीको मीत छोरी” बिनु” भन्नेको घरमा बम दिदिबहिनीलाई 28 दिन रखेकी हु नपत्याए बिनुको छिमेकी सङ्ग बुझ्नुस भन्नेकुरा गरिन । दिलीप बिष्टलाई सुधार गृहमा ल्याउने सल्लाह पनि बिनुले दिएको र मैले दिलीप बिष्टलाइ सुधार गृहमा राखेकी हु उनको भनाइ थियो ।
त्यस पश्चात् मलाइ याक्सनमा जानू थियो ।

पहिलो सभामुख सङ्ग भेट्ने कुरा भयो । मैले उनिलाइ सम्झाए । आर्थिक लोभले बिलाप हुन्छ । तिमी यीसब नचहिने कुरा मोबाइलबाट डिलिट गर । म तिम्रो साथी बन्न सक्छु । हामी आर्थिक क्रान्ती गर्न सक्ने भिजन भएका छोरी हौ । यो मोबाइल फ्याल्देउ । तिम्रा बिगत सबै फ्याल्देउ । म सङ्गको सहकार्यको नया पाना पल्टाउ । उनिले मानिन , मोबाइल फालिन । महराको अगाडि मेरो अगाडि कमिकमजोरी स्विकारिन । उनको गुनासो थियो सरकारले मलाइ नराम्रो सङ्ग यूज गर्यो … मैले महरालाइ प्रष्न गरे ? सबित्रीलाइ यूज गरेको भन्छिन के हो ? ऊनीले भनिन महरा सङ्ग । के. पी ओलीले भनेर मैले 28 दिन बिनुको घरमा बम दिदिबहिनी ल्याएर राखे । सरकारलाई सहयोग गरे । आज म पिडित छु , पब्लिकले निर्मलाको कुरा उठाएर सार्बजनिक ठाउमा हिन्न नसक्ने अवस्था भएको छ भन्ने कुरा राखिन ।

त्यस पश्चात् मैले भने , अब म यो गम्भीर बिषयमा चुप हुदिन, प्रेसमिट गर्छु | साबित्रीलाइ महराको अगाडि सोधे ,तिमी सत्य बोल्छौ ?? उनिले महराको अगाडि उत्तर दिइन , सक्छु, म तपाइको साथ र अभियानमा सङ्गै हुन्छु |

मलाइ उनको म प्रतिको आशा बिस्वासले उनी प्रती साथित्वको डोरि कसिलो बनाउन सहयोग गरिरहेको थियो। त्यसको दुई चार दिन पश्चात् साबित्रीको भेटघाट पुनः बिनु सङ्ग बाक्लिदै गयो । ऊनी नजिकका साथी सङ्ग बाक्लिदै गयो । थाहाछैन बिनु भन्ने को हो ? लास्ट नेम के हो त्यो पनि थाहा छैन मलाइ .. तर सावित्री पुनः पहिलेकै मार्गमा हिड्न लागिन । मलाइ साबित्रीको चिन्तन ब्यबाहार र त्यो अनुहारनै मनपर्न छोड्यो 🙁 । मेरो सहयोग साथ पाए पुनः देशको लागि काम गर्छु भन्ने आवाज फेरियो ।

त्यसको ठयाक्कै आठ दस दिन पश्चात् रबिजीको कार्यक्रममा निर्मलाको मुद्दा उठ्यो । उनको अनुहारमा चमक थियो किनकी अभिब्यक्त्ती एउटै लाइनको…..सालिकरामको हत्याले रबी जीको प्रोग्रामले निरन्तरता पाउदैन भन्नेकुरामा बिनु सङ्ग फोनमा कुरा गर्थिन। मेरो ऊनी सङ्गको इनभेस्टिकेसन जारी थियो।

मलाइ सबैप्रती नफरत र बितृष्णा भैरहेको थियो । जन्मेको भूमी अत्यन्त माया लाग्छ। तर अब म मेरो देशमा खुसी हुन सक्दिन । मेरो नेपाल आउने ,केही गर्ने साहस र उमङ्ग सेलाउदै गएको थियो।

म विशेष कारणबस अझै नेपालमै छु ।अकस्मात यस्ता समाचारले मलाइ चकित बनाएको छ।

म मेरै देशमा सुरछित नभएको महसुस गरिसकेको छु।
तर बिस्वास छ यदि मलाइ दुख दिने र मेरो बच्चालाइ आमाको मायाबाट बन्चित गराउने दुस्साहस मात्र गरे भने सम्पुर्ण नेपाली जनता तथा विश्व समुदायले छोड्ने छैनन।

के सत्य हो ? त्यो भगवान शिव हुनुहुन्छ या सहभागी ….महरा मेरो कोहि हैनन। न मेरो बाउ, काका,न मेरो आफन्ति नत मैले राजनितिक चस्मा लगाएकिछु आजसम्म। मेरो लागि सबै राजनितिक दल र राजनीतिज्ञ समान हुन। बास्तबमा नेपालको राजनीति र राजनितीज्ञ सङ्ग अत्येन्तै बितृष्णा छ मलाइ। परदेसी हु,देशको माया बिछट्टै लाग्छ । केही सत्य र यथार्थ सङ्ग जानकार हुदाहुदै मौन बस्नु अमानबिय ठानी फेरि पनि भन्न चाहान्छु आम नेपाली र नेपाल सरकारलाइ। क. महरालाइ ग्राण्ड डिजाइन सहित फसाइएको हो।

(मधु कार्कीको स्टाटसबाट)

"महरालाइ सुनियोजित फसाइएको हो"यूरोपमा सङघर्षरत मेरा पाइला, त्यति सहज त पक्कै छैन,पत्रकारिता अनि नेपाल हाउसलाइ स्थापित…

تم النشر بواسطة ‏‎Madhu Karki‎‏ في الخميس، ٢٤ أكتوبر ٢٠١٩

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्