शिक्षा मन्त्रालयसँग सम्बन्धित विषयमा अनशन बस्न नहुने : शिक्षा मन्त्री पोख्रेल



सिंगो देश लिपुलेकको विषयतर्फ हुँदा डा गोविन्द केसीलाई अनशनमा नरहन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आग्रह गरेका छन् । शिक्षा मन्त्रालयसँग सम्बन्धित विषयमा अनशन बस्न नहुने बताउँदै उनले डा केसीको अनशन असान्दर्भिक रहेको जनाए ।

उनले डा केसीको शिक्षा मन्त्रालयसँग सम्बन्धित माग सम्बोधन भइरहेकाले अनशन आफ्नो मन्त्रालयसँग मात्रै नजोडिएको उल्लेख गरे। उनले भने, ‘उहाँकै मागअनुसार चिकित्सा शिक्षा ऐन बनेर लागू हुने क्रममा छ। लागू नभएको भए अनशन गर्न सुहाउँथ्यो।’ डा केसीका कतिपय माग अरु मन्त्रालयसँग जोडिएको उनले बताए।

उनको केसीको बिग्रदो स्वास्थ्य अवस्थाप्रति आफू सचेत रहेको उल्लेख गर्दै उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवसँग कुराकानी भएको बताए । विभिन्न माग राखेर डा केसी केही दिनदेखि डडेलधुरामा अनसनरत छन्। उनको स्वास्थ्य अवस्था खराब हुँदै गइरहेको चिकित्सकहरूले बताएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्