अध्यक्षमा नरेन्द्र ढकाल सचिव पदमा कमल काफ्ले बिजयी, कस्ले कति मत ल्याए



 नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोशिएसनको अध्यक्षमा नरेन्द्र ढकाल बिजयी भएका छन् । शुक्रबार राति भएको मतगणनामा ढकालले १०३ मत ल्याई बिजयी भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी भुवन सिं गुरुङले ५६ मत ल्याएका थिए भने अध्यक्षका अर्का प्रत्याशी ऋषि शर्माले ४४ मत र सीता देवकोटाले ३९ मत ल्याएका थिए ।

यस्तै बरिष्ठ उपाध्यक्षमा तारा नाथ अर्याल १०४ मत प्राप्त गर्दै बिजयी भए । अर्यालका निकटतम प्रतिद्वन्द्वी भगीरथ राई ( रमेश ) ले ८३ मत र अर्का उम्मेद्वार थिरमणि पौडेलले ५३ मत प्राप्त गरे ।

 

यस्तै उपाध्यक्ष पदमा मत प्राप्त गर्दै जनक खड्का (प्रकाश) १६३ मतका लाथ बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी मोहन कुमार ढुंगेलले ७६ मत र अर्का उम्मेद्वार मित्र देव घिमिरे (गोपाल)ले ६१ मत प्राप्त गरेका छन् ।

 

यसैगरी महासचिव पदमा १५३  मतका साथ भवानी निरौला बिजयी भए । उनका प्रतिस्पर्धी चिरञ्जीवी बस्यालले  ८६ मत प्राप्त गरे ।

 

सचिव पदमा कमल काफ्ले १६० मतका साथ बिजयी भए भने उनका प्रतिद्वन्दी प्रकाश बोहराले  ७८ मत पाए ।

त्यस्तै कोषाध्यक्षमा कृष्ण कुमार जैशी बिजयी भएका छन् । जैसीले १०३ मत तथा उनका निकटतम प्रतिद्वन्दी सञ्जय पनेरुले ६९ मत र अर्का उम्मेद्वार इन्द्र प्रसाद आचार्यले  ६७ मत ल्याए ।

 

यसअघि सहकोषाध्यक्ष पदमा अमिर बाँस्तोला निर्विरोध निर्वाचित भएका थिए भने १० सदस्य पदमा इश्वर सापकोटा, नारायण भुषाल, तोरण कुमार कार्की, चन्द्र बहादुर लिम्बु, सेते लाल पौडेल, नरेन्द्र मणी पराजुली, विक्रम श्रेष्ठ, नगेन्द्र प्रसाद पोखरेल (नवीन), राजेश गोतम र राजेश यादव निर्विरोध निर्वाचित भएका छन् ।

 

कुल २४४ मत खस्कोमा २ मत बदर भएको थियो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्