बाटो निर्माणमा ग्लोबल युथ क्लवको जनश्रमदान



ओमप्रकाश गुप्ता, सिसहनियाँ १ असार । बाटो निर्माणमा ग्लोबल युथ क्लवले जनश्रमदान गरेको छ ।
राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीमा रहेको सिद्देशोर मन्दिर देखि माथि बगाइसोती जाने करिव १० किलोमिटर  गोरेटो बाटो निर्माण कार्य केहि दिन देखि भैरहेकोले बाटो निर्माणमा सहयोग होस् भन्नका लागि क्लवले श्रमदान गरेको हो । गाउँलेहरूले बिना बजेट श्रमदान गरेर बाटो खन्ने काम गरेका छन् ।

२० दिन अघि देखि बाटो खन्न काम सुरू देखि हाल सम्म ३ किलोमिटर बाटो खनिसकिएको छ भने ७ किलोमिटर बाटो खन्न बाँकी रहेको क्लवका सचिव सुमन ज्ञवालीले जानकारी दिएका छन् । बाटो निर्माणको कार्य प्रत्येक दिन बिहान ५ बजे देखि ८ बजे सम्म हुने गरेको बताइएको छ। बाटो निर्माणमा पाखापानी,भालुवाङ र लालमटियाका स्थानीयहरूको सहभागीता रहेको छ ।

समाज बिकासको काममा सामाजिक दुरि कायम गरेर बाटो निर्माण भइरहेको छ । बाटोबाट रमणीय दृश्य अवलोकन गर्न , मर्निङ वाक गर्न र स्थानीयहरुको लागि व्यापार गर्न सजिलो होस भन्ने उदेश्यले बाटो निर्माण गर्न लागिएको क्लवका सचिव ज्ञवालीले जानकारी दिएका छन् । बाटो निर्माण कार्यमा राप्ती गाउँपालिका वडा नम्बर १ का वडा सदस्य श्यामलाल पोख्रेल,रामजहदी सामुदायिक वनका अध्यक्ष हरिप्रसाद श्रेष्ठ, ग्लोबल युथ क्लवका पदाधिकारी र स्थानीयहरूको सहभागी रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्