गढवाको प्रधानमन्त्री रोजगार कार्यक्रममा सडक ग्रावेल र सरसफाई



ओमप्रकाश गुप्ता , सिसहनियाँ १ असार । गढवा गाउँपालिकाका बिभिन्न स्थानहरुमा नेपाल सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिएको छ । रोजगार कार्यक्रम अन्तरगत सडक ग्राभेल र सरसफाईमा झण्डै एक सय साठी जना नागरिकहरु परिचालन भएको बताइएको छ ।

वडा नं. १ पत्रिङ्गामा ४२ जनाले काम गरिरहेका छन् भने वडा नं. २ को चिमचिमेमा ३७ जनाले काम गरिरहेका छन् । त्यस्तै वडा नं. २ को महदेवामा ३८ जना सडकको रोजगारमा परिचालित भएका छन् भने वडा नं. ५ को मुक्त कमैया बस्तिाको सडक सरसफाईमा ४३ जना नागरिकहरुले काम गरिरहेको रोजगार सुचना केन्द्रका संयोजक अशोक यादवले जानकारी दिएका छन् । रोजगारमा संलग्नहरुलाई डोर हाजिरी अनुसार दैनिक ५ सय रुपिया प्रदान गरिने र अन्य वडाहरुमा पनि कार्यक्रम संचालन गर्न योजनाहरु छनोट गरिदै गरेको रोजगार सुचना केन्द्रले जनाएको छ ।  

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्