प्युठानको सरूमारानीका २ बालिका सहित ३ जनामा कोरोना पुष्टि



ओमप्रकाश गुप्ता, दाङ १ असार । प्युठानको सरूमारानी गाउँपालिकामा सोमबार २ बालक सहित थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सरुमारानी गाउँपालिका वडा नम्बर २ का दुई बालिका र १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु ४,६ र २९ बर्ष उमेर समुहका छन्।

क्वारेन्टाइनमा रहेका ४१ जनाको स्वाब संकलन गरि पठाइएका मध्ये उनीहरुमा कोरोना संक्रमण देखिएको सरुमारानी गाउँपालिकाका स्वास्थ्य प्रमुख टेकेन्द्र रायमाझिले बताए । उनीहरु गत जेठ १३ गते भारतको दिल्लीबाट आएर स्थानीय सत्य माध्यमिक बिद्यालयको क्वारेन्टाइनमा बस्दै आएका थिए। भेरी अञ्चल नेपालगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुलाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले जानकारी दिए । यो संगै जिल्लामा संक्रमितको संख्या ३५ पुगेको सुबेदीले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्