प्रहरी चाैकी सिसहनियाँमा बन्न लागेको नयाँ भवनको शिलान्यास



ओमप्रकाश गुप्ता, सिसहनियाँ २ असार । प्रहरी चाैकी सिसहनियाँमा नयाँ बन्न लागेको भवनको मंगलबार शिलान्यास गरिएको छ । दाङ देउखुरीको राप्ती गाउँपालिका ५ प्रगतिनगर सिसहनियाँमा रहेको प्रहरी चाैकीमा नयाँ बन्न लागेको भवनको शिलान्यास जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक(एसपी) गणेश चन्दले गरेका छन् ।

भाैतिक पुर्वधार निर्देशानालय शाखाबाट यस वर्ष प्राप्त भएको भ्याट सहित १९ लाख रकमबाट पहिलो तल्ला ४ कोठा,दोस्रो तल्ला ४ कोठा र तेस्रो तल्ला २ कोठा गरी १० कोठाको भवन शिलान्यास गरिएको हो । जसमा २ वटा हिरासत कक्ष, १ वटा गार्ड कक्ष, १ वटा इन्चार्ज कक्ष, १ वटा अफिस कक्ष र वाथरूम तथा शाैचालय रहने ५ नम्बर प्रदेश प्रहरीका प्रहरी नायव निरिक्षक तथा इन्जिनियर हेमन्त ठगुन्नाले जानकारी दिएका छन् । उनका अनुसार सो बजेटले यस वर्ष जग ढलानको काम मात्र हुने बताएका छन् ।

बन्न लागेको भवनको साढे १५ मिटर लम्बाई र साढे १० मिटर चौडाई रहेको छ । शिलान्यास कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक(एसपी) गणेश चन्द, ५ नम्बर प्रदेश प्रहरीका प्रहरी नायव निरिक्षक तथा इन्जिनियर हेमन्त ठगुन्ना, इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक गंगाबहादुर सारूमगर, प्रहरी चाैकी सिसहनियाँका प्रहरी नायव निरिक्षक गोपालकुमार मल्ल, राप्ती गाउँपालिकाका प्रवक्ता तथा ७ नम्बर वडा अध्यक्ष विद्याशरण चाैधरी, ५ नम्बर वडा अध्यक्ष गोवर्धन रावत, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारी, समाजसेवी तथा बुद्धिजीवी तुलसीप्रसाद गाैतम, पण्डित रामप्रसाद न्याैपाने, पत्रकार ओमप्रकाश गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्