राजपुर र घोराहीका गरि दाङमा एकै दिन ५६ जनामा कोरोना देखियो



दाङमा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ । मंगलवार मात्रै राजपुर र घोराहीका गरि ५६ जनामा कोरोना देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कोरोना परिक्षण गर्दा दाङका ४६ जना पुरुष ,१० जना महिला गरी ५६ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित दुई जना बाहेक अरु सवै घोराही निवासी रहेका छन् । घोराही वडा नम्वर ४ मा मात्रै ४७ जनालाई कोरोना पुष्टि भएको छ । जसमा ३८ पुरुष र ९ महिला रहेका छन् । यस्तै घोराही ११ मा ३ पुरुष , वडा नम्वर १२ मा ४ पुरुष छन् । उनीहरु सवै घोराहीको डाँडागाउ मावि क्वारेन्टाईन गोग्लीमा बस्दै आएका थिए ।

यस्तै घोराही १५ मा १ जना पुरुष र राजपुर गाउँपालिका १ मा एक महिलामा पनि कोरोना पुष्टि भएको छ । उनीहरु सवै केहि समय अघि भारतबाट नेपाल आएर क्वारेन्टाईनमा बसेका हुन् । यो संगै दाङमा संक्रमितको संख्या २ सय ४२ पुगेको छ ।यस अघि सोमवार मात्रै दाङमा ३६ पुरुष र ७ महिला गरी ४३ जनामा कोरोना देखीएको थियो ।यस्तैगरी प्रतिष्ठानमा कोरोना परिक्षण गर्दा सल्यान कुमाख गापा ४ का एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ । उनीहरु सवैको १२ देखी ४५ उमेर समुह रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्