नेकपा स्थायी समिति बैठक आज पनि बस्दै, जुट्ला त सहमति ?



काठमाडौं । स्थगित नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को स्थायी समिति बैठक आज बस्दैछ । सोमबार बस्ने भनिएको बैठक विवादीत विषयमा सहमति जुट्न नसकेपछि आजसम्मका लागि स्थगित गरिएको हो ।

पछिल्लो समय शीर्ष नेतृत्वबीचको विवादको असर पार्टी र सरकार सञ्चालनमा पनि परेको छ । विवाद समाधानका लगि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष ‘प्रचण्ड’बीच निरन्तर छलफल चलिरहेको छ ।

अध्यक्षद्धयवीच आज पनि स्थायी समिति बैठक अघि छलफल हुने बताइएको छ । यसअघि हिजो प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई अध्यक्षबीचको छलफललाई जारी राख्ने सहमति भएको थियो ।

स्थायी समितिका बहुमत सदस्यहरुले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् भने ओलीले आफुले अहिले कुनै पदबाट पनि राजीनामा नदिने अडान राख्दै आएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्