बालिका बलात्कार गर्ने वडाध्यक्ष पक्राउ



गोरखा । बालिका बलात्कार गरेको आरोपमा गोरखाको पालुङ्टार नगरपालिका–४ का वडा अध्यक्ष ठाकुरकान्त रानाभाट पक्राउ परेका छन् । १४ वर्षीय बालिकालाई बिहे गर्ने प्रलोभन देखाई बालात्कार गरेको आरोप लगाउँदै पीडित बालिकाको बाबुले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

अन्दाजी ४७ वर्षीय वडाअध्यक्ष रानाभाटलाई प्रहरीले सोमवार दिउँसो पक्राउ गरेको एसपी सुरेन्द्र गुरुङले बताए । ‘हिरासतमा लिएर अनुसन्धान गरिरहेका छौँ’ उनले भने, ‘अदालतबाट म्याद लिएर जवरजस्ती करणी मुद्धामा कारवाही अघि बढ्छ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्