अखिल क्रान्तिकारीका नेता बास्तोला सहित २ पक्राउ



कास्की । विद्रोही नेकपा समर्थित विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रिय सदस्य प्रकाश बास्तोलासहित दुईजनालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । बास्तोला र तीर्थ बुढाथोकी नाम गरेका अर्का एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई पोखराको महेन्द्रपुलस्थित मेडिकल लाइनमा रहेको ओम नर्सिङ्ग होमबाट पक्राउ गरिएको बताइएको छ । यसैबीच विद्रोही नेकपा समर्थित जनपत्रकार संगठनका केन्द्रीय सदस्य एवम् कास्की जिल्ला अध्यक्ष रमाकान्त बास्तोलाले आज दिउँसो नै आफ्नो सामाजिक सञ्जालमा विद्यार्थीका केन्द्रीय सदस्य एवम् जनयुद्धकालीन शहीद विजयराज बास्तोलाका पुत्र प्रकाश बास्तोलालाई उपचारकाक्रममा अस्पताल गएको बेला प्रहरीले गिरफ्तार गरेको जानकारी दिएका छन् ।

गतवर्ष जेठ २५ गते कास्कीको घान्द्रुकमा आयोजित बिद्यार्थीहरुको संयुक्त भेलाबाट २० जना नेता तथा कार्यकर्ताहरु गिरफ्तार हुँदा बास्तोला पनि गिरफ्तार भएका थिए । उनलाई पछी उच्च अदालत पोखराले निर्दोष भन्दै रिहा गर्न आदेश दिएपछि प्रहरीले बाध्य भएर रिहा गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्