डा. केसीलाई सामान्य तारिखमा रिहा गर्न सर्वाेच्चको आदेश



सैघाली खबर
काठमाण्डौ,२६ पुस । सर्वोच्च अदालतले डा। गोविन्द केसीलाई साधारण तारेखमा रिहाइ गर्न आदेश दिएको छ।

 

न्यायाधिशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले मानहानीको मुद्धामा पक्राउ परेका केसीलाई वकिलको जिम्मामा रिहा गर्न आदेश दिएको हो।

चौधौं पटकको अनशत शुरु गर्नासाथ केसीलाई अदालतको अवहेलना आरोपमा पक्राउ गरिएको थियो।

फैसलामा प्रधानन्यायाधिश गोपाल पराजुलीको शैक्षिक प्रमाणपत्र सम्बन्धि विषयमा सर्वोच्चले न्यायपरिषदबाट कागज झिकाउने उल्लेख गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्