आठ ट्रेक्टर प्रहरीको नियणत्रणमा



सैघाली खबर,
तुलसीपुर, २७ पुस ।

ईलाका प्रहरी कार्यालय तुलसीपुर बुधबार आठ वटा टेक्टर नियन्त्रणमा लिएको छ । खोला जन्य बस्तुको अबैद्य उत्खनन् गरिरहेको अवस्थामा ति ट्रेक्टर नियणत्रणमा लिईएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाकाले जानकारी दिए ।

पातुखोलावाट बुधवार विहान चारवटा ट्रेक्टर र दिउँसो ग्वारखोलावाट थप चारवटा ट्रेक्टर नियन्त्रणमा लिइएको प्रमुख उनले बताए । पातुखोलावाट रा १ त १३२५, रा १ त १२५३, रा १ त २७२२ र लु १ त ७९३५ नं.का ट्रेक्टरहरु नियन्त्रणमा लिएर कारबाही गरेको प्रहरीले वताएको छ ।

त्यसैगरी ग्वारखोलामा अवैद्य उत्खनन् गरिरहेका रा १ त १३२९, रा १ त १२५३, लु १ त ७९३५ र रा १ त २७२२ नम्वरका ट्रेक्टर नियन्त्रणमा लिइएको प्रहरीले वताएको छ । पक्राउ परेका ट्रेक्टरवाट जिल्ला समन्वय समितिले प्रति ट्रेक्टर पाँच हजारका दरले जरिवाना काट्दै आएको छ । तर, दोस्रो पटक समातिएका ट्रेक्टरको हकमा भने दश हजार जरिवाना काट्ने गरिन्छ ।​

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्